१५ चैत्र २०८०, बिहीबार

माओवादीले एमसीसी पारित गर्न नदिने नेता महराको दावी

माओवादीले एमसीसी पारित गर्न नदिने नेता महराको दावी

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ४ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले काँग्रेसले एमसिसीलाई संसदमा टेबुल गरेको खण्डमा नेकपा माओबादी केन्द्रले गठबन्धन र सरकार छोड्ने बताउनुभएको छ । उहाले नेपालगञ्ज र कोहलपुरमा आयोजित कार्यकर्ता प्रशिक्षण र नगर कमिटिको बिस्तारीत बैठकलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।
काँग्रेसले शंसोधन नगरि यथास्थितिमा एमसिसी संसदमा ल्याएको खण्डमा माओवादी केन्द्रले गठबन्धनबाट अलग्गिने र सरकारपनि छोड्ने जनाउँदै कुनै पनि हालतमा शंसोधन नगरेर पास गर्न नदिने बताउनुभयो । उहाँले एमसीसी अब कुनै दलको मात्रै विषय नरहेको जनाउँदै यो विषय अब समग्र नेपाली जनताको विष बनिसकेको प्रष्ट पार्दै राष्टिय सहमति विना पारित गर्न नसकिने माओवादीको अडान रहेको बताउनुभयो ।

उहाँले माओवादीले देशहितलाई सबैभन्दा बढी प्राथमिकता राखेको जनाउँदै राष्ट र जनताका अगाडी कुनै पनि विषय सानो रहेको बताउनुभयो ।
पुर्व सभामुख समेत रहनु भएका महराले स्थानीय निर्वाचन बैशाख ३० मा नै हुने कुरामा अहिले सबै विश्वस्त हुँदै सोही बमोजिमको तयारी गर्न निर्देशन दिनुभयो । उहाँले निर्वाचनका लागि उम्म्ेदवार छनोट गर्दा विवादरहित तरिकाले सर्वसम्मत उम्मेदवार छनोट गरेर सबै आफ्ना उम्मेदवारलाई जिताउन होमिनुपर्नेमा विशेष जोड दिनुभयो ।
जनतामा भिजेका र निर्वाचनमा विजयी हुनेलाई मात्र उम्मेदवार बनाउने कार्य गर्न नेता महराले नेतृत्व वर्गलाई निर्देशन दिनुभयो । सो अवसरमा पार्टीका जिल्लास्तर र नगरस्तरका नेता कार्यकर्ताले पनि नेता महरा समक्ष आफ्ना भनाईहरु राखेका थिए ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *