७ बैशाख २०८१, शुक्रबार

माओवादी केन्द्र नेपालगञ्जद्धारा शहीद परिवारलाई सम्मान

माओवादी केन्द्र नेपालगञ्जद्धारा शहीद परिवारलाई सम्मान

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १७ फागुन । नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीले शहीद सप्ताह अन्तर्गत नेपालगन्जमा शहीद परिवारलाई सम्मान गरेको छ ।
जनयुद्धका पहिलो शहीद दिलबहादुर रम्तेलको स्मृतिसँग जोडेर शहीद सप्ताहअन्तर्गत शहीद परिवारलाई सम्मान गरिएको हो ।
कार्यक्रममा सहीद भिपण रोकायका बहिनि सारदा रोकाय, सहिद अनिरुद्र शर्माका श्रीमती सीता शर्मा, शहिद भिएल बुढा रोशनकी श्रीमती कमला पंन्त, सहिद रमिता मल्लकि आमा मिना मल्ल, सहिद प्रेम रसाइलीका दाजु कर्ण रसाइली,सहिद शिबराज ज्ञवालीकि भाउजू मञ्जु ज्ञवाली, शहिद मैना कुमारी बरालका दाजु डिल्ली प्रशाद बराल लगाएत सहिद परिवारहरुलाई सम्मान गरिएको छ ।

कार्यक्रममा शहीद परिवारले शहीदले जुन सपना देखेर बलिदानी दिए ती सपना अझै पूरा हुन नसकेको गुनासो गरेका थिए ।
उक्त सम्मान कार्यक्रम नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय सेतुविक चोकमा सम्पन्न भएको थियो । सो कार्यक्रम नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका प्रदेस सदस्य अकल बहादुर बम, प्रदेस सदस्य डिल्ली बराल, प्रदेस सदस्य नवीन गिरी नेपालगन्ज उपमहानगरपालिका नगर कमिटी अध्यक्ष रतन बहादुर शाही लगाएत नगरका नेता कार्याकर्ता तथा सहिद परिवारहरुको सहभागीता रहेको थियो ।
माओवादीले हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्म शहिद सप्ताह मनाउने गरेको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *