७ बैशाख २०८१, शुक्रबार

मानवता नेपाल बाँकेको अध्यक्षमा अधिकारी

मानवता नेपाल बाँकेको अध्यक्षमा अधिकारी

समाचारदाता
नेपालगन्ज, चैत १६ । सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आफ्नो परिचय दिन सफल मानवता नेपाल बाँकेको प्रथम साधारणसभा तथा अधिबेशन सम्पन्न भएको छ । बुधवार भएको प्रथम अधिबेशनबाट अध्यक्ष पदमा मधुसूदन अधिकारी अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी नव निर्वाचित पदाधिकारीहरुमा उपाध्यक्ष पदमा सुमन गिरी श्रेष्ठ, सचिव पदमा केपी घिमिरे, सहसचिव पदमा इन्जिनियर नेत्र प्रसाद सापकोटा, कोषाध्यक्ष पदमा खुश्बु श्रीवास्तव सर्वसम्मत चयन भएका छन् । सदस्य पदहरुमा क्रमश नवीन शर्मा पौडेल, अब्दुल अजिज हलवाई, जित बहादुर बिक, जयेश जङ्ग शाह , पञ्चम गुरुङ, कमला वली, सर्वसम्मत चयन भएका छन् । १३ कार्यसमिति हुने उक्त संस्थामा २ दुईजना पछि मनोनीत गरिने बताइएको छ ।
हराएको मानवताको खोजी गर्ने उद्देश्यले स्थापना भएको संस्थाले विभिन्न सामाजिक कामहरु गरिरहेको संस्थाको संस्थापक अध्यक्ष तथा कार्यक्रमको अध्यक्ष अम्बिका काफ्लेले बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिकाका कार्यवाहक मेयर कमरुद्दिन राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न संस्थाका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।


अध्यक्ष काफ्लेको अनुसार संस्थाले १८ भन्दा बढी बेवारिसे लासको सदगद,गरिबी सुत्केरी महिलाहरुलाई पौष्टिक आहार वितरण, कोभिड महामारीको समयमा माक्स वितरण, निशुल्क स्वास्थ्य शिविर लगायतका कार्यक्रम गरेको बताइन् ।
संस्थाका सचिव कमल शाहीले सञ्चालन गरेको कार्यक्रममा महिला सञ्जाल बाँकेको निवर्तमान अध्यक्ष रेखा गुप्ता, बास नेपालको केन्द्रीय अध्यक्ष लुना बुढाथोकी, बासका कार्यकारी निर्देशक नमस्कार शाह, गैर सहकारी महासंघ बाँकेका सचिव आशिष गुप्ता, कानुनी व्यवसायी लोकबहादुर शाह लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाले आफ्नो ४८ जना आजीवन सदस्यहरु बनाउन सफल रहेको सचिव शाहीले बताए । आजीवन सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियोे ।
संस्थाले हालसम्म गरेका कामहरुको भिडियो डकुमेन्ट्री संस्थाको कोषाध्यक्ष सुमन गिरीले देखाएकि थिइन् । खुल्ला सत्र सकिएपछि निर्वाचन मण्डल गठन गरि सर्वसम्मत तरिकाले पदाधिकारी तथा सदस्यहरुको टुंगोमा पुगेको नवनिर्वाचित अध्यक्ष मधुसूदन अधिकारीले बताए । निर्वाचन मण्डल अधिकृतमा उच्च अदालत तुल्सीपुर इजलास नेपालगन्जका अधिकृत कुल बहादुर भण्डारी, सदस्यमा गैर सहकारी महासंघका सचिव आशिष गुप्ता रहेका थिए ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *