१७ चैत्र २०७९, शुक्रबार

मेडिकल कलेजका आन्दोलनरत चिकित्सकले आधा दिनको काम छाडे, व्यवस्थापनले वास्ता गरेन

मेडिकल कलेजका आन्दोलनरत चिकित्सकले आधा दिनको काम छाडे, व्यवस्थापनले वास्ता गरेन

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, जेठ १७ । चार महिनादेखिको तलव र एघार महिनादेखिको भत्ता नपाएको जनाउँदै आन्दोलनमा उत्रिएका नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सकहरुले आधा दिनको काम छाडेका छन् ।
तत्काल तलब र भत्ता पाउनुपर्ने माग गर्दै गत विहिबारदेखि आन्दोलनमा उत्रिएका उनिहरुले अहिले आधा दिनको काम छाडेर आधा दिन मात्र ओपीडीमा विरामी जाँच गरिरहेका छन् ।
शुरुमा केही दिन अस्पताल प्रशासन कार्यालय अगाडी एक एक घण्टाको धर्ना दिएपनि माग पुरा नभएपछि बाध्य भएर आन्दोलनलाई अगाडी बढाउँदै आधा दिन काम बन्द गरेको नेपालगञ्ज मेडिकल कलेज प्राध्यापक परिषद्का अध्यक्ष डा विनोद महासेठले बताउनुभयो ।
उहाँले आफुहरुको मागलाई मेडिकल कलेज अस्पताल व्यवस्थापनले जानी जानी बेवास्ता गरिरहेको आरोप लगाउँदै आन्दोलनलाई चर्को बनाउन बाध्य पारिरहेको बताउनुभयो ।


कोभिड लगायतको समयमा पनि दिनरात ज्यानको परवाह समेत नगरि काम गरेपनि तलब र भत्ता नपाएपछि आन्दोलनमा जानु परेको र सो बारेमा राष्टपति, प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई लिखित जानकारी समेत गराइसकेको डा. महासेठले बताउनुभयो ।
अस्पताल व्यवस्थापनले चिकित्सकको आन्दोलनलाई हल्का रुपमा लिएकोले आधा दिन ओपीडी सेवा बन्द हुँदा विरामीको उपचारमा पनि अलि अलि प्रभाव पर्न थालेको छ ।
यद्यपी चिकित्सकहरुले विरामीको उपचारमा कुनै पनि समस्या आउन नदिने बताउँदै आएका छन् ।
डा. महासेठले विरामीको उपचारमा कुनैपनि प्रभाव नपर्ने गरि आन्दोलन जारी राखिएको जनाउँदै बेवास्ता गरेमा बाध्य भएर कडा पार्नुपर्ने बताउनुभएको छ ।
नेपालगञ्ज मेडिकल कलेजका शिक्षण अस्पतालहरुमा करिब डेढसय बढी चिकित्सक कार्यरत छन् । ती चिकित्सकले नेपालगञ्ज र कोहलपुरमा रहेको शिक्षण अस्पतालमा उपचारका लागि आउने सयौं विरामीको उपचार गर्दै आएका छन् । समयमै अस्पताल व्यवस्थापनले यो आन्दोलनलाई सम्बोधन गर्न सकेन भने सर्वसाधारणले उपचार पाउन समस्या पर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *