८ बैशाख २०८१, शनिबार

मोटरसाइकल चोरी गरेर भारत लेजाँदै गरेका एक जना पक्राउ

मोटरसाइकल चोरी गरेर भारत लेजाँदै गरेका एक जना पक्राउ

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २ । बाँकेको नेपालगञ्जबाट मोटरसाइकल चोरी गरेर भारत लैजादै गर्दा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार बिहान करिब ८ बजेर ४० मिनेटको समयमा नेपालगञ्ज उपमहानगरपालिका १४ गोसाईपुर्वाबाट चोरी गरेर भारत लैजादै गरेको भे२प८६९५ होण्डा साईन मोटरसाइकल सहित एक जनालाई ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको टोलिले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय जमुनाहले दिएको जानकारी अनुसार बिहान मोबाईल मार्फत खबर आए पश्चात् मोटरसाइकल चोरी गरेर भारत लैजादै गरेका नेपालगन्ज १४ गोसाईगाउँका समही कोरीलाई गोसाईपुर्वाबाट करिब ४०० मिटर पुर्व तर्फबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका कोरी संग एक थान सादा मोबाईल समेत बरामद गरेर आवश्यक प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *