१५ चैत्र २०८०, बिहीबार

मोतियाविन्दु भएका नेपालगञ्जका सबैको निशुल्क शल्यक्रिया गरिने

मोतियाविन्दु भएका नेपालगञ्जका सबैको निशुल्क शल्यक्रिया गरिने

नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, असोज २५ । नेपालगञ्ज उपमहानगरपालिकाले उपमहानगर भित्र बसोबास गर्ने मोतियाविन्दु भएका सबै नागरिकको निशुल्क शल्यक्रिया गर्ने निर्णय गरेर कार्यान्वयनमा ल्याएको छ ।
सो का लागि पहिलो चरणमा उपमहानगरका वडा नम्बर १ देखि ९ सम्मका वडाहरुमा मोतियाविन्दु छनोट शिविरको आयोजना गर्ने निर्णय गरेर यही असोज २७ गतेबाट शिविर आयोजना गरिने नेपालगञ्जका उपमेयर कमरुद्दीन राईले बताउनुभयो ।
उहाँले स्थानीय निर्वाचनको बेला जनता समाजवादी पार्टीले तयार गरेको घोषणा पत्रमा उपमहानगरका सबै नागरिकको मोतियाविन्दुको निशुल्क शल्यक्रिया गराइने भनि प्रतिवद्धता गरिएकोमा सोही पुरा गर्न यो कार्यक्रम ल्याईएको बताउनुभयो ।
आर्थिक अवस्था कमजोर भएका उपमहानगरभित्रका विपन्न नागरिकले आर्थिक अभावले मोतियाविन्दुको अपरेशन गराउन नसकि समस्यामा परेकोले उनिहरुलाई सहजताका लागि सबैको निशुल्क अपरेशन गराइने बताउनुभयो ।

उपमेयर राईले छनोट शिविरहरुका आँखा जाँच गराउन जानका लागि पनि सबै नागरिकलाई आग्रह गर्नु भएको छ । उहाँले निर्वाचनमा गरिएका सबै प्रतिवद्धताहरु क्रमशः पुरा गर्दै जाने पनि बताउनुभयो ।
वडा कार्यालयहरु र उपमहानगरको सिफारिसमा मोतियाविन्दु देखिएका सबैको निशुल्क शल्यक्रिया गरिने उपमहानगरपालिकाले जनाएको छ ।
यसअघि सो कार्यका लागि उपमहानगरपालिकाले असोज ११ गते नेपाल नेत्र ज्योतीसंघद्धारा सञ्चालित फत्तेवाल आँखा अस्पतालसंग सम्झौता गरेको थियो ।
उपमहानगरपालिकाले दिएको जानकारी अनुसार असोज २७ गते वडा नम्बर १, कात्तिक १ गते वडा नम्बर २, कात्तिक २ गते वडा नम्बर ३, कात्तिक ४ गते वडा नम्बर ४, कात्तिक ४ गते वडा नम्बर ५, कात्तिक १४, १५, १६ र १७ गते क्रमशः वडा नम्बर ६,७,८ र ९ का शहरी स्वास्थ्य केन्द्रमा छनोट शिविरको आयोजना गरिने छ ।
अन्य वडाहरुको हकमा दोस्रो चरणमा गरिने गरि केहीदिनपछि सुचना निकालिने उपमेयर राईले बताउनुभयो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *