१६ चैत्र २०८०, शुक्रबार

यम रावतको अध्यक्षतामा प्याब्सन बाँकेको नयाँ कार्यसमिति निर्वाचित

यम रावतको अध्यक्षतामा प्याब्सन बाँकेको नयाँ कार्यसमिति निर्वाचित

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ३ पुस । प्याब्सन बाँकेको अध्यक्षमा कोहलपुरका यम रावत निर्वाचित हुनु भएको छ । प्याब्सन बाँकेको शनिबार नेपालगञ्जमा सम्पन्न १५औं जिल्ला अधिवेशनले रावतको नेतृत्वमा कार्यसमिति सर्वसम्मत् रुपमा चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्ष मनोजकुमार गिरी, उपाध्यक्ष शरद रावल, सचिव रोशनकाजी श्रेष्ठ र कोषाध्यक्ष नारायण दत्तलाई चयन गरिएको छ । नवनिर्वाचित अध्यक्ष रावतले संस्थागत विद्यालयहरुले नेपालको शैक्षिक विकासका लागि महत्वपूर्ण भूमिका खेलेको बताउँदै गुणस्तरीय शिक्षा संस्थागत विद्यालयको प्रमुख लक्ष्य भएको बताउनु भएको छ ।
उहाँले निजि विद्यालयलाई पनि सबैको पहुँचसम्म पुरयाउन तथा निजि विद्यालयले हाल भोग्दै आएका विभिन्न समस्या समाधानमा आफ्नो विशेष ध्यान रहने पनि बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *