१४ बैशाख २०८१, शुक्रबार

यस बर्ष भाइटीकाको उत्तम साइत शनिवार बिहान ११ बजेर २ मिनेटमा

यस बर्ष भाइटीकाको उत्तम साइत शनिवार बिहान ११ बजेर २ मिनेटमा

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १९ कात्तिक । यस बर्षको भाइटीकाको उत्तम साइत कात्तिक २० गते शनिवार बिहान ११ बजेर २ मिनेटमा रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार सकेसम्म उत्तम साइतमा नै भाइटीका लगाउनुपर्छ । उत्तम साइतमा टीका लगाउन नभ्याए १२ बजेभित्र टीका लगाउन सकिने समितिको भनाई छ । शास्त्र अनुसार मनुष्यको पूजा मध्यान्हकाल भित्रै गर्नुपर्ने उल्लेख भएकाले सकेसम्म १२ बजेभित्रै भाइटीका लगाउनुपर्ने समितिको सुझाब छ ।
यो समयमा पनि टीका लगाउन नभ्याए दिनभरि नै लगाउन सकिन्छ । यसपालीको तिहार कात्तिक १७ गतेदेखि सुरु भएको थियो । यसपाली तिथि घटबढ भएकाले काग तिहार र कुकुर तिहार एकै दिन परेको थियो ।
भाइटीकाका लागि टाढाका दिदी बहिनीहरु दाजु भाइको घरमा पुग्न थालेका छन् भने नजिककाहरु शनिवारनै पुग्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *