१६ चैत्र २०८०, शुक्रबार

युनेस्को क्लबद्धारा विपन्न र अनाथ बालबालिकालाई विभिन्न सहयोग वितरण

युनेस्को क्लबद्धारा विपन्न र अनाथ बालबालिकालाई विभिन्न सहयोग वितरण

समाचारदाता
नेपालगन्ज, भदौ १६ । कतार च्यारिटी नेपालको सहयोगमा बाँकेमा सञ्चालित सामाजिक संरक्षण परियोजना अन्तर्गत बाँके युनेस्को क्लबले गरिब, विपन्न र अनाथ बालबालिकालाई छात्रबृति लगायत विभिन्न सहयोग प्रदान गरेको छ ।
क्लबले नेपालगञ्जमा एक कार्यक्रमको आयोजना गरेर अति विपन्न परिवारका बालबालिकालाई छात्रबृत्ति सहयोग प्रदान गरेको छ भने गरिब परिवार, अनाथ बालबालिका, अपाङ्गता भएका व्यक्तिलाई समेत सहयोग प्रदान गरेको छ ।
क्लबका कोषाध्यक्ष फिरदौस जहाँ खानको अध्यक्षतामा आयोजना गरिएको सो सहयोग वितरण समारोहको प्रमुख अतिथि क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी रहनु भएको थियो ।
कतार च्यारिटिको सहयोगमा विभिन्न स्थानीय विद्यालय र मदरसाहरूमा अध्ययनरत १२१ अनाथ बालबालिकालाई शिक्षाका लागि छात्रबृत्ति वितरण गरिनुका साथै ८ जना शारीरिक अपाङ्गता भएकालाई दैनिक आधारभूत आवश्यकता पुरा गर्न सहयोग र ५ जना छात्रालाई स्नातक तहसम्मको शिक्षा प्राप्त गर्न सहयोग प्रदान गरिएको क्लबका प्रमुख संरक्षक सिद्दिकीले बताउनुभयो ।

सोही प्रकारले ४ अति गरिब परिवारलाई खाद्यान्न र अन्य आधारभूत आवश्यकताहरू पुरा गर्न सहयोग गरिएको तथा अनाथ बालबालिकाका अभिभावकहरूलाई उनीहरूको शिक्षामा सुधार गर्नका लागि कन्भिन्स गर्न ५ जना सामाजिक परिचालक नियुक्त गरिएको पनि उहाँले बताउनुभयो ।
सो अवसरमा क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, कोषाध्यक्ष फिरदौस जहाँ खान, कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, वित्त तथा प्रशासन प्रमुख वेद पंगालीले बालबालिकालाई सो सहयोग वितरण गर्नुभयो ।
सो अवसरमा कार्यक्रम अधिकृत गुलाम गौस र फिल्ड सुपरभाइजर बिशेस गुप्ताको पनि उपस्थिति रहेको थियो । कतार च्यारिटी नेपालले विपन्न र असहायका लागि बाँकेमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *