११ बैशाख २०८१, मंगलवार

यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा सचेतना अभियानमा जोड

यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा सचेतना अभियानमा जोड

नेपालगञजपाटी समाचार
नेपालगञ्ज, १६ कात्तिक । नेपालमा किशोर किशोरीलाई यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा अझै राम्ररी जानकारी गराउनु पर्ने तथा सचेत पार्नु पर्ने कुरामा जोड दिईएको छ । बाँकेको खजुरामा आयोजित एक कार्यक्रममा सो कुरामा जोड दिईएको हो ।
पत्रकारहरुका लागि आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा सहभागि पत्रकार तथा अन्य सरोकारवालाले अझैपनि स्वास्थ्य संस्थाहरु किशोर सकशोरी मैत्री नभएको, विभिन्न अधिकार पाएपनि कार्यान्वयनमा ध्यान नदिईएको तथा उमेर नपुग्दै हुने विवाह तथा असुरक्षित गर्भपतनका कारण धेरैले ज्यान गुमाउनु परेको बताएका थिए ।
सो बारेमा सरोकारवाला निकाय तथा किशोर किशोरीलाई समेत सचेत र सतर्क पार्नु अतिआवश्यक रहेको सहभागि सबैको ठहर थियो ।
सो कार्यक्रममा विभिन्न जानकारी गराउँदै भेरी अस्पताल नेपालगन्जका नर्सिङ अधिकृत दुर्गालक्षमी श्रेष्ठले असुरक्षित गर्भपतनका कारण नेपालमा नौ प्रतिशत महिलाहरुको ज्यान जाने गरेको बताउनुभयो । उहाँले असुरक्षित गर्भपतनका कारण मृत्यु हुनुको मुख्य कारण तीन वटा रहेको जनाउनुभयो ।
अधिकृत श्रेष्ठले १२ हप्ताभन्दा बढीको गर्भवतीले गर्भपतन गराउँदा खतरा हुने, जथाभावी क्लिनीकमा सेवा लिने तथा सुचिकृत नभएको चिकित्सक वा स्वास्थयकर्मी बाट गर्भपतन गराउँदा असुरक्षित गर्भपतन भएको मानिने बताउनुभयो ।
उहाँले किशोर किशोरीलाई प्रजनन् यौनका बारेमा राम्रोसंग जानकारी दिने अभियान चलाउनु पर्ने समेत बताउनुभयो ।
खजुरा गाउँपालिकाको सहकार्य, प्लान इन्टरनेसलन बाँकेको सहयोगमा बी गुप्र नेपालगन्जले खजुरामा आयोजना गरेको नेतृत्व र निर्णय परियोजना अन्र्तगतको यौन तथा प्रजनन स्वास्थ्यका बारेमा सो कार्यक्रम राखिएको थियो ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *