१६ चैत्र २०८०, शुक्रबार

रणनैतिक योजना बनाएर कोहलपुर र बैजनाथमा मानवबेचविखन रोक्ने सहमति

रणनैतिक योजना बनाएर कोहलपुर र बैजनाथमा मानवबेचविखन रोक्ने सहमति

समाचारदाता
नेपालगञ्ज, बैशाख १४ । कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा मानवबेचविखन विरुद्ध काम गर्दै आएका विभिन्न संघसंस्था, स्थानीय सरकार लगायतका सरोकारवाला निकाय सहभागि बैठक सम्पन्न भएको छ ।
सो बैठकले मानवबेचविखन रोक्न हालसम्म गरिएका कार्यहरुको समिक्षा गर्दै अभियानलाई थप प्रभावकारी बनाउन रणनैतिक योजना र कार्यक्रम बनाएर अघि बढ्ने निर्णय गरेको बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले बताउनुभयो ।
बैठकमा सहभागिहरुले बेचविखन नियन्त्रणका लागि क्रियाशिल सबै सरकारी र गैर सरकारी निकायले एकजुट भएर समन्वय तथा सहकार्य गरेर काम गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएको थियो ।
सो अवसरमा कोहलपुर नगरपालिकाका सामाजिक शाखा प्रमुख इन्द्रमणि ढकालले बेचविखन नियन्त्रणका लागि सुक्ष्मतरिकाले अध्ययन गरेर रणनैतिक योजना र कार्यक्रम बनाई काम गर्नु पर्नेमा जोड दिनुभयो ।

कोहलपुर नगरपालिकाका शिक्षा शाखा अधिकृत शिला गौतमले बेचविखनमा सक्रियहरुले प्रविधिको दुरुपयोग गरिरहेकोले पनि सबैले चनाखो हुनुपर्ने बताउनुभयो ।
उक्त बैठकमा ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रतिनिधि तिलक बोहोरा र महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका तारा भण्डारीले मानवबेचविखन नयाँ नयाँ तरिकाले जारी नै रहेकोमा चिन्ता व्यक्त गर्दै सो लाई न्युनिकरण गर्नका लागि विद्यालयस्तरबाटै चेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
सोही प्रकारले बैठकमा शान्ति पुनस्थापना गृहका सिता साही, समाज सुधार कार्यक्रम नेपालका शंकर न्यौपाने र सुरक्षित अप्रवासन परियोजनाका मान वहादुर ओली लगायतले पनि बेचविखन रोक्न गर्नु पर्ने कामका बारेमा आ आफ्नो सुझाव पेश गर्नु भएको थियो । सो अवसरमा प्लान नेपालका कार्यक्रम अधिकृत सन्तोष पुलामीको पनि उपस्थिति रहेको थियो ।
प्लान नेपालको सहयोगमा आयोजना गरिएको सो बैठकमा बेचविखन विरुद्ध बाँकेमा काम गर्दै आएका आधा दर्जन बढी संघसंस्था लगायत सरकारी निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *