१५ चैत्र २०८०, बिहीबार

राप्तीपारीवासीको बिकासको सपना आगामी सरकारले पुरा गर्ने मन्त्री अथकको प्रतिवद्धता

राप्तीपारीवासीको बिकासको सपना आगामी सरकारले पुरा गर्ने मन्त्री अथकको प्रतिवद्धता

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, कात्तिक १९ । बाँके क्षेत्र नं १ का निवर्तमान प्रतिनिधी सभा सदस्य एवं युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज अथकले राप्तीपारीबासीको बिकासको सपना अब बन्ने गठबन्धनको सरकारले पुरा गर्ने बताएका छन ।
आफु ५ वर्षे कार्यकालमा राप्ती नदिमा दोहरो तटबन्धन, सिक्टा सिचाई आयोजना र पूर्वि नगर, बिद्यालय भवनहरु, लगायत धेरै साना ठुला आयोजनाहरु सुरुवात भएको भन्दै अब बन्ने गठबन्धको सरकारले बाँकी कामहरु पुरा गर्ने प्रतिबद्धता जनाएका थिए । उनले रोजगारीको सृजना, कृषी तथा पर्यटनको बिकास, सर्बसुलभ शिक्षा स्वाथ्य अबको प्राथमिकता भएको बताए ।
राप्ती सोनारी गाँउपालिका वडा नं २ मा आयोजित जनभेटघाटमा बोल्दै उम्मेदवार अथकले राप्तीपारीको क्षेत्रमा बिजुली, बाटो, पुल पुलेसासँगै धेरै ठाँउमा बिद्यालय भवन निर्माण गरिएको भन्दै आगमी वर्षहरुमा नमुना बिकासको काम गरिने समेत दाबि गरे ।
कार्यक्रममा बाँके क्षेत्र नं १ क कि प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले राप्ती क्षेत्रमा समग्र बिकासकालागी अभियान सुरु गरिएको भन्दै त्यसलाई पुरा गर्न आफुहरु पुन उम्मेदवार बन्नु परेको बताईन । संविधानको रक्षा र पालनामा लागेका दलहरु मिलेर बनेको गठबन्धनलाई विश्वास गर्न समेत उनले आग्रह गरिन ।
कार्यक्रममा बाँके क्षेत्र नं १ निर्वाचन परिचालन समिती संयोजक नरेन्द्र न्यौपाने, नेपाली काँग्रेका क्षेत्र नं १ सभापति एवं निर्वाचन परिचालन समिती सह संयोजक पोषण केसी, नेपाली काँग्रेसका नेता माधव राम खत्रीले गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन आग्रह गरेका थिए । नेताहरुले राष्ट्रिय आवश्यकताले गठबन्धन गरिएको भन्दै यसको बलमा देशको समृद्धि र बिकास गरिने बताए ।
गठबन्धनका उम्मेदवारहरु शनिबार नै राप्तीसोनारी गाँउपालिका ८ र ९ मा जन भेटघाट कार्यक्रम गरेका छन । उनिहरुले गठबन्धनका उम्मेदवारहरुले जनताले अनुभुत हुने गरि बिकासको नेतृत्व गर्ने दाबि गरेका छन । प्रदेश सभा ख अन्तर्गत पर्ने राप्तीसोनारी ८ र ९ को घरदैलोमा प्रदेश सभा सदस्य फुलाराम थारुको समेत सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *