१५ चैत्र २०८०, बिहीबार

राप्तीसोनारीमा फेरी बाघको आक्रमण, एक बाख्रा खायो दुई बाख्रा भेटिएनन्

राप्तीसोनारीमा फेरी बाघको आक्रमण, एक बाख्रा खायो दुई बाख्रा भेटिएनन्

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ १४ । केही समय अघि बाघले आतंक मच्चाएको राप्तीसोनारी गाउँपालिकामा शुक्रवार फेरी दुई ठाउँमा बाघ देखिएको छ । बाघले वडा नम्बर ७ मा एउटा बाख्रा मारेको छ भने दुई वटा बाख्रा हराईरहेका छन् भने वडा नम्बर ५ मा बाघलाई स्थानीयले देखेका छन् ।
वडा नम्बर ७ को मण्डफवा सामुदायीक वनमा बाख्रा चराउन गएको बेला बाघले बाख्रामाथि आक्रमण गरेर एउटा बाख्रालाई मारेको र अन्य दुई वटा बाख्रा हराईरहेको स्थानीयले जनाएका छन् । वडा नम्बर ६ का वडा अध्यक्ष जनक थारुले मण्डफवा सामुदायीक वनमा बाघले बाख्रा खाएको जानकारी आएको बताउनुभयो । उहाँले ६ जना गोठालाले ६० वटा बाख्रा चराउन गएको बेला बाघले आक्रमण गर्दा तीनवटा बाख्रा हराई रहेकोमा एउटा पन्जा लागेको र घाँटीमा कोतरेको अवस्थामा मृत फेला परेको र दुई वटा हराईरहेको जानकारी स्थानयिले गराएको बताउनुभयो ।
यसैगरि वडा नम्बर ५ र ६ को सीमानास्थित दुपट्टी जंगलमा पनि एउटा सानो बाघलाई सिक्टाको नहरमा काम गर्नेहरुले देखेको वडा नम्बर ५ का वडा अध्यक्ष झगरु थारुले बताउनुभयो । उहाँले बाघको त्रास स्थान्यिमा अझै पनि धेरै रहेको बताउनुभयो ।
केही दिन पहिले मात्रै बाघको आक्रमणबाट दुई जनाको ज्यान गएपछि प्राविधिक सहितको टोलीले सातदिनसम्म फत्तेपुरमै क्याम्प खडा गरेर बाघको खोजी गरिएको थियो तर, बाघको पाइला भेटिएपनि बाघ फेला नपरेपछि सो टोली फिर्ता गएको थियो । अहिले फेरी बाघले आक्रमण गरेर बाख्रा खाँदा स्थानीयमा पुनः आतंक सृजना भएको स्थानीयले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *