१५ चैत्र २०८०, बिहीबार

राप्तीसोनारीमा बाघको आक्रमणमा शनिवार पनि एक महिलाको मृत्यु, तीन दिनमा दुई जनाको मृत्यु

राप्तीसोनारीमा बाघको आक्रमणमा शनिवार पनि एक महिलाको मृत्यु, तीन दिनमा दुई जनाको मृत्यु

सिराज खान
नेपालगञ्ज, पुस २४ । बाघको आक्रमणबाट बाँकेको राप्तीसोनारीमा गत तीन दिनको अवधीमा दुई जना महिलाको मृत्यु भएको छ । बाघले झम्टेर जंगलमा लगी विहिबार एक जना महिलाको मृत्यु भएको थियो भने शनिवार विहान पनि एक जना महिलालाई झम्टेर मारेको छ ।
गत केही समययता राप्तीसोनारीमा दैनिकजसो स्थानीयमाथि आक्रमण गरिरहेको बाघले बस्ती नजिकै पुगेर सर्वसाधारणलाई तानेर जंगलमा लगेर खाने गरेको पाईएको छ ।
शनिवार विहान राप्तीसोनारी ६ हब्रहवा घर भएकी ३० वर्षिया चाँदनी थारु नजिकै दाउरा लिन गएको बेला बाघले झम्टेर जंगलमा लगेको थियो । प्रहरीको सहयोगमा स्थानीयले खोजी गर्दा दिउँसो १२ बजे सिद्धेश्वर सामुदायीक वनमा महिलाको क्षतविक्षत शव फेला परेको वडा नम्बर ६ का वडा अध्यक्ष जनक बहादुर थारुले बताउनुभयो ।
उहाँले आफ्नो वडा लगायत समग्र पालिकाका जनता बाघले आतंकित बने पनि सम्बन्धित निकायले बाघ धपाउन वा नियन्त्रणमा लिन गम्भीर प्रयास नगरेको आरोप लगाउनुभयो ।
उता, बाँके निकुञ्जले शुक्तवार बेलुका दुई वटा हात्तिलाई बाघ धपाउन राप्तीसोनारीमा पठाएको थियो तर पनि शनिवार बाघको आक्रमणबाट थप एक महिलाले ज्यान गुमाउनु परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
3
+1
6

Leave a Reply

Your email address will not be published. Required fields are marked *