१२ बैशाख २०८१, बुधबार

राप्रपाका पुराना नेता मोहनसिंह केसीको निधन

राप्रपाका पुराना नेता मोहनसिंह केसीको निधन

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २०। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पुराना नेता मोहनसिंह केसीको विहिबार निधन भएको छ । नेपालगन्ज निवासी ७८ वर्षीय केसीको उपचारका क्रममा बिहीबार बिहान नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगञ्जमा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो ।
परिवारका अनुसार राप्रपा नेता केसीलाई लामो समयदेखी मधुमेह, रक्तचाप, मृगौला लगायत समस्या देखा परेको थियो । तर, केही दिन पहिले मात्र उहाँका छोरा त्रिलोक केसीको दुर्घटनामा परेर मृत्यु भएपछि पुत्र शोकका कारण उहाँको स्वास्थ्य अवस्था विग्रदै गएको थियो । सोही कारणले उहाँको निधन भएको परिवारका सदस्यले बताएका छन् ।
स्वर्गिय नेता केसीले राप्रपा बाँकेको अध्यक्ष तथा केन्द्रीय सदस्य भएर काम गर्नु भएको थियो । उहाँको पार्थिव शरिरमा राप्रपा महामन्त्री डा धवलसम्शेर राणा, सहायक महामन्त्री ऋषिराज देवकोटा, जिल्ला अध्यक्ष नरेन्द्र पौडेल लगायतले पार्टीको झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली दिनुभएको छ ।
स्वर्गिय केसीको बिहीबार नै धार्मिक विधिपुर्वक बाँकेको सिधनियाघाटमा अन्त्यष्टी गर्न लागिएको राप्रपा बाँकेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
3

Leave a Reply

Your email address will not be published. Required fields are marked *