१६ चैत्र २०८०, शुक्रबार

रेखा थापाको अध्यक्षतामा प्रेस सेन्टर खजुराको कार्यसमिति गठन

रेखा थापाको अध्यक्षतामा प्रेस सेन्टर खजुराको कार्यसमिति गठन

नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, चैत १२ । प्रेस सेन्टर नेपालले बाँकेको पाँचौ पालिकामा पालिकास्तरीय संगठन निर्माण गरेको छ । यसअघि जिल्लाका चारवटा पालिकाहरु नेपालगञ्ज उपमहानगर, कोहलपुर नगरपालिका, डुडुवा र राप्तीसोनारी गाउँपालिकामा संगठन निर्माण गरिसकेकोमा शनिवार खजुरा गाउँपालिकामा पनि पालिकास्तरीय संगठन निर्माण गरेको छ ।
खजुरा गाउँपालिकामा शनिवार सम्पन्न भएको प्रेस सेन्टर नेपालको पहिलो पालिकास्तरीय सम्मेलनले रेखा थापाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । खजुरा गाउपालिकाको वडा नं ३ मा सम्पन्न पहिलो सम्मेलनद्धारा निर्वाचित २१ सदस्यीय कार्यसमितिको अध्यक्षमा थापा चयन निर्वाचित हुनु भएको हो ।
प्रेस सेन्टर सेन्टर खजुराको उपाध्यक्षमा अमृता अवास, सचिवमा अक्तार खाँन, सहसचिवमा अफ्ताव खान, कोषाध्यक्षमा बिना चौधरी र सदस्यहरुमा सुनिल परियार, सुरज नगाल, रबिना बिक, सन्तोष रम्तेल लगायत निर्वाचित हुनुभएको छ ।

प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष डा डक्ट प्रसाद धितालको अध्यक्षतामा भएको सम्ेलनको उदघाटन कार्यक्रममा प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य सिराज खान रहनु भएको थियो भने विशेष अतिथिहरुमा लुम्बिनी प्रदेश सचिव तथा आदिवासी जनजाति पत्रकार महासंघका लुम्बिनी प्रदेश अध्यक्ष गजेन्द्र गुरुङ, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश सचिव आलम खान, खजुरा गाउँपालिका वडा न ३ का वडा अध्यक्ष कान्तुराम गौतम, खजुरा गाउँपालिका सहसचिव खडक वली रहनु भएको थियो ।
सोही प्र्रकारले अतिथिहरुमा प्रेस सेन्टर नेपाल बाँकेका कोषाध्यक्ष तथा नेपालगन्ज उपमहानगरपालिका अध्यक्ष चन्द्र बोहरा, उपाध्यक्ष सबिता चन्द लगायतको सहभागीता रहेको थियोे ।
सो अवसरमा बोल्ने अधिकांश वक्ताहरुले प्रेस सेन्टरको बिस्तृत काम कारवाही बारे जानकारी गराउनुका साथै पत्रकारिताका आधुनिक आयामहरुका बारेमा पनि जानकारी गराउनु भएको थियो । पत्रकारितालाई मर्यादित र जनपक्षीय बनाउने कुरामा समेत अधिकांश वक्ताहरुको जोड रहेको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *