७ बैशाख २०८१, शुक्रबार

लागुऔषधसहित जुम्लाका युवक जमुनाहामा पक्राउ, रोकिएन ओसारपसार

लागुऔषधसहित जुम्लाका युवक जमुनाहामा पक्राउ, रोकिएन ओसारपसार

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस १५ । यहाँस्थित नेपाल भारत नाकाको सीमापारी रुपैडिहाबाट भैरहेको लागु औषधको ओसार पसार निरन्तर जारी नै रहेको पाईएको छ । प्रहरी सक्रियताका कारण दिनदिनै लागु औषध ओसार पसार गर्नेहरु पक्राउ पर्दै आएपनि ओसारपसार गर्न छोडेका छैनन् ।
सो क्रममा पछिल्लो पटक विहिबार विहान नेपालगञ्जको सिमा नाका जमुनाहबाट लागूऔषध ट्याब्लेटसहित एक जना १९ वर्षका युवक पक्राउ परेका छन् । लागु औषध ओसार पसार र सेवनमा अधिकांश युवानै रहेको पाईएको जमुनाहा प्रहरीले जनाएको छ ।
विहिबार विहान ९ बजेर ४५ मिनेट जाँदा सीमापारी रुपैडिहाबाट आइरहेको जुम्ला गोठीचौर गाउँपालिका १५ का १९ वर्षिय युवक दिनेश नेपालीलाई चेक जाँच गर्दा उनले लुकाएर ल्याईरहेको विभिन्न लागु औषधका १०१ वटा ट्याब्लेटसहित नियन्त्रणमा लिईएको जमुनाहा प्रहरीले जनाएको छ ।
नेपालीको चेकजाँच गर्दा प्रहरीले नाइट्रोभेट ५१ ट्याब्लेट, एनटी १० नामक १० ट्याब्लेट र ट्रामाडोल ४० ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ । सो बारेमा थप अनुसन्धान भैरहकेो र पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयमा पठाईएको पनि प्रहरीले जनाएको छ ।
यसअघि पनि प्रहरीले दिनदिनै लागु औषध ल्याउनेहरुलाई पक्राउ गर्दै आएको छ । भारतको रुपैडिहामा खुला रुपमा लागु औषध विक्रि हुने गरेकोले पनि नेपाली युवालाई गएर लयाउन सहज भएको जनाउँदै नेपालगञ्जका स्थानीय अगुवाले भारतीय सुरक्षाकर्मीसंग समन्वय गरेर रुपैडिहामा कडाई गर्नु पर्ने माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *