१६ चैत्र २०८०, शुक्रबार

लागुऔषध विरुद्ध बाँके प्रहरीको अपरेशन जारी, ३६ ग्रामसहित चारजना पक्राउ

लागुऔषध विरुद्ध बाँके प्रहरीको अपरेशन जारी, ३६ ग्रामसहित चारजना पक्राउ

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २० । लागु औषध सेवन र कारोबार रोक्न अभियाननै सञ्चालन गरेर एकसनमा उत्रिएको बाँके प्रहरीको अपरेसन निरन्तर जारी रहेको छ । प्रहरी सक्रियतालेनै दिनदिनै लागु ओषध कारोबारीहर पक्राउ पर्दै आएका छन् । तर पनि ओसार पसार र कारोबार भने जारी नै रहेको छ भने प्रहरीले पनि दैनिकजसो पक्राउ गरेर उनिहरुलाई ठीक पार्ने अभियान जारी नै राखेको छ ।
सोही क्रममा विहिबार बाँकेको नेपालगञ्जबाट प्रहरीले ३६ ग्राम लागूऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी डीएसपी मधुसुधन न्यौपानेले नेपालगञ्ज उपमहानगरपालिका ७ गगनगञ्जबाट बिहिबार दुई पटक गरेर ३६ ग्राम ब्राउनसुगरसहित चारजनालाई पक्राउ गरेको बताउनुभयो ।
उहाँले दिउँसो करिब सवा ३ बजेको समयमा गगनगञ्ज बस्ने आदित्य श्रेष्ठको घरमा लागूऔषध ब्राउन सुगर ल्याएर बेचबिखन भईरहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगञ्ज र लागू औषध नियन्त्रण ब्युरो नेपालगञ्जबाट खटिएको प्रहरी टोलिले २८ वर्षिय आदित्य श्रेष्ठको साथबाट ३० ग्राम ब्राउन सुगर जस्तो पदार्थ, तौल गर्ने तराजु र नगद दस हजार बरामद गरेको बताउनुभयो ।

सोहीकोठामा संगै रहेका २६ वर्षिय अंकित श्रेष्ठ र सुर्खेतका ३८ वर्षिय गणेश भण्डारीको साथबाट १ लाख ३४ हजार रुपियाँ बरामद भएकोले उनिहरु कारोबारी भएकोले उनिहरुलाई पनि पक्राउ गरिएको डीएसपी न्यौपानेले बताउनुभयो ।
सोही प्रकारले नेपालगञ्ज उपमहानगरपालिका ७ गगनगञ्जबाटै बिहिबार दिउँसो करिब २ बजेको समयमा शुभम मानन्धरको घरबाट लागूऔषध सहित उनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । सो कार्यालयका अनुसार मानन्धरले आफ्नो घरमा लागू औषध ब्राउन सुगर ल्याएर बेचबिखन गरीरहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगञ्ज र लागू औषध नियन्त्रण ब्युरो नेपालगञ्जबाट खटिएको प्रहरी टोलिले उनलाई उक्त पदार्थ सहित घरबाटै पक्राउ गरेको हो ।
मानन्धर बस्ने घरको कोठामा खानतलासी गर्दा सुत्ने कोठामा ९ वटा पुडिया बनाएर राखेको पदार्थ तौल गर्दा ६ ग्राम ब्राउनसुगर, तौल गर्ने तराजु, नगद १८ हजार ३०० र प्लाष्टिको रोल बरामद गरिएको हो ।
विहिबार पक्राउ परेका चारैजनालाई हिरासतमा लिएर थप आवश्यक अनुसन्धान अघि बढाईएको डीएसपी न्यौपानेले बताउनुभयो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *