७ बैशाख २०८१, शुक्रबार

लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्री हिमालद्धारा नरैनापुर सीमानाको निरिक्षण

लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्री हिमालद्धारा नरैनापुर सीमानाको निरिक्षण

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २३ कात्तिक । लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलक शर्मा हिमालले मंगलवार बाँकेको नरैनापुरको नेपाल भारत सीमानाको सुईया नाका क्षेत्रको निरीक्षण भ्रमण गर्नु भएको छ । उहाँले नाकामै पुगेर त्यहाँको सुरक्षा अवस्था बुझ्नुका साथै सुरक्षाकर्मीहरुसंग छलफल समेत गर्नु भएको थियो ।

प्रदेश सभाका सभासद कृष्णा केसी नमुनाको आग्रहमा नरैनापुर र राप्तीसोनारी गाउँपालिकाको अवलोकन भ्रमणमा जानु भएका मन्त्री हिमालले मटैहियामा निर्माण भैरहेको इलाका प्रहरी कार्यालयको भवनको समेत निरिक्षण गरेर आवश्यक निर्देशन दिनु भएको थियो ।
सो अवसरमा उहाँले नेकपा माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताहरुलाई समेत भेटेर उनिहरुसंग छलफल गर्नु भएको र सो क्षेत्रका सर्वसाधारणका कुराहरु सुन्नु भएको नेकपा माओवादी केन्द्र नरैनापुरले जनाएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, जिल्ला प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारी लगायतको पनि उपस्थिति रहेको थियो ।
मन्त्री हिमालले मंगलवारनै राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ५, ६ र ७ मा पुगेर त्यहाँका सहीद परिवारका समस्या सुन्नुका साथै समग्रमा सो क्षेत्रको शान्ति सुरक्षाको अवस्था पनि बुझ्नु भएको थियो । सो अवसरमा स्थानीय जनताले उक्त क्षेत्रमा नेपाल टेलिकमको मोबाइलको नेटवर्क नलाग्ने गुनासो गर्दै टावर जडान गराउन माग गरेका थिए ।

जनताको मागप्रति आफु सकारात्मक रहेको जनाउँदै प्रदेश सञ्चार मन्त्री हिमालले सो बारेमा सम्बन्धितहरसंग पहल गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।
नरैनापुर र राप्तीसोनारीको सो निरिक्षण र अवलोकन भ्रमणमा प्रदेशसभाका सांसद कृष्णा केसी नमुना र नेकपा माओवादी केन्द्रको प्रदेस समिति सचिवालय सदस्य प्रकाश सुवेदी चन्द्रकान्ता लगायतका नेताहरुको पनि सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *