७ बैशाख २०८१, शुक्रबार

लुम्बिनी प्रदेशका वन मन्त्री हमालद्धारा बाँके काग्रेस सभापतिमा उम्मेदवारी घोषणा

लुम्बिनी प्रदेशका वन मन्त्री हमालद्धारा बाँके काग्रेस सभापतिमा उम्मेदवारी घोषणा

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस ११ । लुम्बिनी प्रदेशका वन मन्त्री सुरेन्द्र हमालले कांग्रेस बाँकेको हुन लागेको जिल्ला अधिबेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ। प्रधानमन्त्री शेर बहादुर देउवा निकट मानिनु हुने हमालले सोही समहुबाट उम्मेदवारी दिने तयारी गर्नु भएको बुझीएको छ ।
मन्त्री हमालले सभापति पदको उम्मेदवारी घोषणासंगै प्रतिनिधिहरुलाई भेटघाट गर्दै सहयोग गर्न आग्रह गर्न शुरु गर्नुभएको छ । आसन्न जिल्ला अधिबेशनमा सभापतिको पदमा आफ्नो उम्मेदवारी रहने र त्यसका लागि तयारीमा समेत जसटिसकेको उहाँले नेपालगञ्जमा बताउनुभयो ।
हमालसंगै कांग्रेस बाँकेको सभापति पदका लागि कोइराला पक्षबाट नारायण गौडेल र देउवा पक्षबाट राजकुमार बर्मा र बादशाह कुर्मीले पनि दाबी गर्दै आउनु भएको छ। बादशाह कुर्मीको नाम नन्कुनी धोबी र निर्मलाको अपहरण तथा हत्या काण्डमा समेत जोडिएकोले उनलाई देउवा समुहबाट सभापतिको उम्मेदवार बनाउने संभावना नरहेको काँग्रेसकै नेता कार्यकर्ताले बताएका छन् । सोही कारणले हमाल वा बर्मा मध्ये एक जनाले संस्थापन समुहबाट टिकट पाउने निश्चित देखिएको छ ।
कांग्रेसको १४ केन्द्रीय अधिबेशनअघि नै जिल्ला अधिबेशन गर्नुपर्नेमा शुरुमा प्रतिनिधिको विवाद तथा पछि समय कम भएकोले सो अधिवेसन रोकिएको थियो । बाँकेसंगै अधिवेसन गर्न बाँकी रहेका अन्य जिल्लाहरुको पनि अधिवेसन केही दिनमै सम्पन्न गरिने तयारी भैरहेको नेपाली काँग्रेस केन्द्रिय कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *