सिराज खान
नेपालगञ्ज, माघ २ गते । लुम्बिनी प्रदेशमै पहिलो बन्दै आइतवारबाट बाँकेमा कोरोनाबिरुद्धको ‘बुस्टर डोज’ खोप लगाउन सुरु गरिएको छ । बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले भेरी अस्पतालको खोप केन्द्रमा खोप लगाएर बुस्टर डोज खोप लगाउने कार्यको शुभारम्भ गर्नुभयो ।
पछिल्लो समयमा कोरोना फेरि बढ्दै गएकोले अहिले कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिई सार्वजनिक क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई ‘बुस्टर डोज’ खोप दिन सुरु गरिएको उहाँले बताउनुभयो । पछि विस्तारै सबै नागरिकलाई आवश्यकताअनुसार बुस्टर डोज दिने सरकारको योजना रहेको पनि उहाँले बताउनुभयो ।
२०७७ चैत मसान्तसम्म पहिलो मात्रा खोप लगाई समयावधि भित्र दोस्रो मात्राको खोप लगाएर ६ महिना पुगेका अग्रपंक्तिमा खटिएर काम गर्ने व्यक्तिहरुलाई आइतवार माघीको विदा भएपनि ‘बुस्टर डोज’ खोप दिन सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार, अग्रपंक्तिमा खटिएर काम गर्ने स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी तथा कर्मचारी, सुरक्षाकर्मी ९नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी०, सार्वजनिक फोहोर संकलक सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालकहरू, महिला स्वास्थ्य स्वयंसेवीकाहरु, विमानस्थलमा खटिने कर्मचारीहरु, सार्वजनिक क्षेत्र ९सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने संघ संस्था, बैंकिङ सेवा, सञ्चारकर्मी, पत्रकार, सार्वजनिक यातायातका चालक तथा सहचालक आदि० मा काम गर्ने कर्मचारीहरुलाई ‘बुस्टर डोज’ खोप लगाउन सुरु गरिएको हो ।
Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 5453
Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 5453

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 5453
Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 5453

२०७७ चैत अन्तिमसम्म कोभिसिल्ड र भेरोसेलको पहिलो डोज खोप लगाएका र समयावधि भित्र दोस्रो मात्राको खोप लगाई ६ महिना समयावधि पुगिसकेका प्राथमिकतामा परेकाहरुलाई अहिले सोही खोप दिन थालिएको श्रेष्ठले बताउनुभयो ।
बाँकेको नेपालगञ्ज र कोहलपुर गरी दुई स्थानबाट ‘बुस्टर डोज’ खोप लगाउन सुरु गरिएको छ । नेपालगञ्जको भेरी अस्पतालको ईमर्जेन्सी सेवाको अगाडि र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा खोप केन्द्र सञ्चालन गरिएको श्रेष्ठले बताउनुभयो ।
खोप लगाउन जाँदा खोप कार्ड र परिचयपत्र आवश्यक पर्ने उहाँले बताउनुभयो । त्यसैगरी, ६० बर्ष उमेरमाथिका नागरिकहरुलाई माघ १४ गतेदेखि ‘बुस्टर डोज’ खोप लगाइने जिल्ला आपतकालिन सञ्चालन केन्द्र बाँकेका प्रमुख रुपन ज्ञवालीले बताउनुभयो ।( गोरखापत्र अनलाइनबाट साभार)