१९ मंसिर २०७९, सोमबार

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी उपाध्यायद्धारा बाँके बर्दियाका प्रहरीलाई निर्देशन

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी उपाध्यायद्धारा बाँके बर्दियाका प्रहरीलाई निर्देशन

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख २२ । लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डीआइजी नल प्रसाद उपाध्यायले नजिकिदै गरेको स्थानिय तहको निर्वाचनलाई शान्तिपुर्ण र त्रुटी रहित ढंगले सम्पन्न गराउन कुनैपनि कसर बाँकी नराख्न बाँके प्रहरीलाई निर्देशन दिनुभएको छ । उहाँले सबैले जिम्मेवारीपुर्वक आ आफ्नो कार्य क्षेत्रमा खटिएर निर्वाचनलाई सफल गराउन अहम भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
डीआइजी उपाध्यायले जिल्ला प्रहरी कार्यालय बाँके र बर्दिया तथा मातहतका प्रहरी ईकाईमा कार्यरत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजित कार्यक्रममा विहिबार सम्बोधन गर्दै सो निर्देशन दिनुभएको हो । लुम्बिनी प्रदेशको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि पहिलो पटक निरिक्षणका लागि बाँकेमा पुग्नु भएका डीआइजी उपाध्यायले प्रहरीको पहिलो कर्तव्यनै शान्ति सुरक्षा कायम गर्नु र अपराध नियन्त्रण गरेर समुन्नत समाज निर्माण गर्नु भएको बताउनुभयो ।


जनतालाई प्रहरी भएको अनूभूति दिलाउन गैर कानुनी सबै काम रोक्ने कार्य पनि प्रहरीकै भएको उहाँले बताउनुभयो ।
सो अवसरमा डिआईजी उपाध्यायको स्वागत सम्मान गर्दै बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले प्राप्त साधन श्रोतको अधिकतम उपयोग गरेर प्रहरीले आफ्नो जिम्मेवारी र कर्तव्य पुरा गर्ने कार्य गरिरहेको बताउनुभयो ।
सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँके र बर्दिया, प्रहरी अस्पताल, सशस्त्र प्रहरी गण खजुरा, विधि विज्ञान प्रयोगशाला नेपालगंज लगायतका सिनियर प्रहरी अधिकृत र जुनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो । सो अवसरमा डीआइजी उपाध्यायले प्रहरी कार्यालयको निरिक्षण समेत गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *