७ बैशाख २०८१, शुक्रबार

लुम्बिनी र सुदरपश्चिमका युवालाई कोहलपुरमा दुईदिने अभिमुखीकरण

लुम्बिनी र सुदरपश्चिमका युवालाई कोहलपुरमा दुईदिने अभिमुखीकरण

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर २१ । बाँकेको कोहलपुरमा लुम्बिनी र सुदुरपश्चिमका राष्ट्रिय युवा परिषदका युवाका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । मंगलबार नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सो कार्यक्रमको उद्घाटन गर्नुभयो । ‘समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा’ भन्ने मुल नाराका साथ राष्ट्रिय युवा परिषदका लुम्बिनी र सुदुरपश्चिमका युवाका लागि दुई दिने अभिमुखीकरण शुरु गरिएको परिषदले जनाएको छ।

सो अवसरमा बोल्दै मन्त्री अथकले युवाका लागि उत्प्रेरणमुलक कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिनुभयो । सबै मन्त्रालयहरुले लक्षित वर्गका कार्यक्रमहरु टुक्रे बजेट बनाउँदा युवाले विभिन्न कारणले निराशजनक हुनुपर्ने अवस्था आएको जनाउँदै उहाँले बजेटलाई एकिकृत र केन्द्रकृत गरेपछि मात्रै कामको परिमाण देखिने बताउनुभयो ।
सोही प्रकारले युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीले युवाका लागि मन्त्रालयले विभिन्न निति, नियम, कार्यविधि र ऐनहरु निर्माण गरिसकेको बताउनुभयो । उहाँले सोही निति अनुसार स्थानीय तहसम्म पु¥याउनका लागि काम थालनी गरिएको जनाउनुभयो ।
टुक्रे कार्यक्रम भएको कारणले गर्दा प्रभावकारी रुपमा युवालाई समेटन नसकिरहको जनाउँदै सचिव रेग्मीले यसलाई प्रभावकारी रुपमा ल्याउनका लागि युवालाई विशेष प्रकारका तालिमहरु दिनुपर्नेमा जोड दिनुभयो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *