१३ बैशाख २०८१, बिहीबार

वडा प्रहरीद्धारा नौ ग्राम ब्राउनसुगरसहित तीन जना नियन्त्रणमा, प्रहरी सक्रियता बढ्यो

वडा प्रहरीद्धारा नौ ग्राम ब्राउनसुगरसहित तीन जना नियन्त्रणमा, प्रहरी सक्रियता बढ्यो

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस ५ । खुला सीमानाको फाइदा उठाउँदै सीमापारीबाट लागु औषधको ओसार पसार गर्नेहरु विरुद्ध बाँके प्रहरीले निगरानी बढाउनुका साथै निरन्तर कडाई जारी राखेको छ । प्रहरी निगरानीमा तिव्रता दिईएकै कारण समय समयमा जमुनाह प्रहरी, वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोलीले लागु औषध नियन्त्रण ब्युरोको सहकार्यमा ब्राउन सुगर बरामद गर्दै आएको छ ।
सीमा पारी रुपैडिहामा खुला रुपमा विक्रि भैरहेको लागु औषधलाई बाँके जिल्लामा मात्र नभई पहाडी जिल्लाहरुमा समेत पठाउन थालिएपछि प्रहरीले निगरानी बढाएर कडाई शुरु गरेको हो ।
सोही क्रममा पछिल्लो समयमा आइतवार वडा प्रहरी कार्यालय नेपालगञजको टोलीले नेपालगञ्जबाट लागू औषध ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गर्न सफल भएको छ ।

वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक डिल्ली खड्काका अनुसार नेपालगञ्ज उपमहानगरपालिका १० गणेशमान चोक स्थित नेपालगञ्ज— कोहलपुर सडक खण्डमा ब्राउन सुगरको कारबारो भई रहेको भन्ने गोप्य सुचनाका आधारमा वडा प्रहरी कार्यालय नेपालगञ्ज र लागु औषध नियन्त्रण ब्युरो बाँकेबाट खटिएको प्रहरी टोलिले छापा मारेर उनीहरुलाई पक्राउ गरेको छ ।
सो कुराको पुष्टि जिल्ला प्रहरी कार्यालयले पनि आफ्नो आधिकारिक फेसबुक पेज मार्फत गरेको छ ।
लागु औाषको कारोबार गर्ने तीन जनालाई शंका लागेर चेकजाँच गर्ने क्रममा नेपालगञ्ज ८ का आदित्य कुमार लखेरको साथ बाट ९ ग्राम ब्राउन सुगर फेला पारेको र अन्य दुई जना नेपालगञ्ज ८ का बर्ष ३० को रोहित कुमार श्रीवास्तब, भारतको बहाराईच जिल्लाको गंगापुर बस्ने बर्ष २२ को तिलक राम कुर्मी गरि तीनै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्र्रहरी कार्यालय बाँकेले जनाएको छ ।
उनीहरु माथि थप आवश्यक अनुसन्धान भइरहेको जनाउँदै प्रहरीलाई सक्रिय पारेर लागु औषध ओसार पसार विरुद्ध कडा कदम चालिएपछि दैनिकजसो लागु औषध तस्करहरु पक्राउ पर्न थालेको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो ।
उहाँले दुई दिन अघिमात्रै ५५ ग्राम ब्राउन सुगर बरामद गरिएकोमा त्यसको केही दिन पहिले पनि ठुलो मात्रामा ब्राउन सुगर बरामद गरिएको बताउनुभयो ।
सीमापारी रुपैडिहामा लागु औषध ब्राउन सुगर लगायत नशा भएका औषधीको विक्रि वितरण नियन्त्रण गर्न भारतीय प्रहरीलाई पनि आग्रह गरिएको बाँकेका प्रहरी प्रमुख एसपी अधिकारीले बताउनुभयो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *