१६ चैत्र २०८०, शुक्रबार

विकासका सम्भावना बोकेको गठबन्धनको संकल्प पत्र नेपालगञ्जमा सार्वजनिक

विकासका सम्भावना बोकेको गठबन्धनको संकल्प पत्र नेपालगञ्जमा सार्वजनिक

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख २१ । नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारको संकल्प पत्र सार्वजनिक गरिएको छ । बुधबार नेपालगञ्जमा एक समारोहका बीच गठबन्धनमा रहेका पाँच वटै दलका केन्द्रिय नेताहरुले सो संकल्प पत्र सार्वजनिक गर्नभयो ।
नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर, काँग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, नेकपा (एकिकृत समाजवादी)का केन्द्रिय सदस्य अशोक कोइराला, नेकपा माओवादी केन्द्र नेपालगञ्ज उपमहागरपालिकाका उपाध्यक्ष तारा खत्री, राष्ट्रिय जनमोर्चाका जगदिश ढकाल, नगर प्रमुख पदका उम्मेदवार प्रशान्त बिष्ट, उपप्रमुख पदका उम्मेदवार कमरुद्दीन राई लगायतले संयुक्त रुपमा संकल्प पत्र सार्वजनिक गर्नुभएको हो ।
‘पाँच वर्ष, पाँच संकल्प’ भन्ने मुल नाराका साथ सार्वजनिक गरिएको उक्त संकल्प पत्रमा सद्भावको शहर, हरित नगर, रिंङरोड सहितको सडक सञ्जाल र पुर्वाधार, सेवा र सुशासन तथा सामाजिक न्याय सहितको रुपान्तरणलाई समावेश गरिएको छ ।
संकल्प पत्रमा शिक्षा, स्वास्थ्य, कृषि, स्रोत तथा वित्तीय व्यवस्थापन, उद्यमशीलता र रोजगारी, सामाजिक सुरक्षा ः कोखदेखि शोकसम्म, पर्यटन, वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण, फोहरमैला व्यवस्थापन तथा सरसफाई, विपद व्यवस्थापन, सामाजिक न्याय र समावेशीता, भाषा, साहित्य, कला र संस्कृति, खेलकुद र सूचना तथा सञ्चारलाई समेटिएको नेपाली काँग्रेसबाट मेयरका उम्मेदवार प्रशान्त विष्टले बताउनुभयो ।
गठबन्धनबाट उपमेयरका उम्मेदवार कमरुद्दीन राईले संकल्प पत्रमा नेपालगञ्जलाई शैक्षिक हवका रुपमा विकास गर्न आवश्यक सहजीकरण गर्ने र सिकाई केन्द्र स्थापना गरी विषयगत शिक्षकहरुको त्रैमासिक भेला आयोजना गर्ने, आधारभूत स्वास्थ्य सेवा, आयुर्वेद र वैकल्पिक चिकित्सा, मानसिक स्वास्थ्य लगायत निरोधात्मक, प्रवद्र्धधनात्मक, उपचारात्मक र पुनस्र्थापनात्मक सेवालाई एकीकृत रुपमा सञ्चालन गर्न योजना बनाउने विषयहरु समेटिएको बताउनुभयो ।


संकल्प पत्रमा कृषि बीमामा साना किसानलाई ५० प्रतिशत र मझौला तथा ठुला किसानलाई ७५ प्रतिशत अनुदान दिनेमा जोड दिइएको छ । उपमहानगरपालिकामा वस्तुगत तथ्यको आधारमा करको आधार मूल्यांकन तथा निर्धारण गरिने कुरालाई प्रमुख रुपमा उल्लेख गरिएको छ । स्थानीय तहमा सञ्चालन हुने उद्योगहरुमा निश्चित प्रतिशत रोजगारी दिनुपर्ने कुरालाई व्यवस्थित गरी काम गरिने उल्लेख गरीएको छ ।
यसका साथै युवा यूवतीलाई निःशुल्क प्रजनन स्वास्थ्य शिक्षा दिने, सुत्केरी र नवजात शिुको घर दैलोमा स्वास्थ्य सेवा प्रदान गरिने, सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित र प्रभावकारी बनाउन प्रत्येक वडामा घुम्ती बैकिङ सेवा सञ्चालन गरी सामाजिक सुरक्षा रकम भुक्तानी गर्ने व्यवस्था मिलाउने कुरालाई पनि प्राथमिकतामा राखिएको छ ।
संकल्प पत्रमा स्थानीय भाषा, कला, साहित्य, संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्दे सांस्कृतिक संग्रहालयको स्थापना गरिने, खेलकुदको समग्र विकासका लागि आवश्यक भौतिक पुर्वाधार निर्माण गर्ने, नेपालगञ्ज उपमहानगरपालिकालाई सूचना तथा सञ्चारमैत्री बनाउने र सबै प्रकारका अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षालाई मध्यनजर गर्दै कार्यविधि निर्माण गरेर सामाजिक सुरक्षाको दायरामा ल्याईने लगायत महत्वपुर्ण बिषयहरु समावेश गरिएको छ ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवम् नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौंरले पाँच दलिय गठबन्धनका साझा उम्मेदवारलाई निर्वाचित गराउन सबै लाग्नुपर्ने बताउनुभयो ।
गठबन्धनका तर्फबाट नगर प्रमुखका उम्मेदवार प्रशान्त विष्टले संकल्प पत्रमा उपमहानगर क्षेत्रको भौतिक पुर्वाधार, शिक्षा, स्वास्थ्य लगायत विविध विषयलाई समेटिएको बताउनु भयो । चुनावमा गरेको संकल्पलाई निर्वाचित भएपछि पुरा कार्यान्वयन गरिने उहाँको भनाई छ ।
कार्यक्रममा नगर उपप्रमुख पदका उम्मेदवार कमरुद्धिन राईले आफुहरु विरुद्ध विपक्षीले फैलाएको भ्रमलाई चिर्दै जनताको मन जित्ने बताउनु भयो ।
कार्यक्रममा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य अशोक कोइराला, नेकपा माओबादी केन्द्रका नेपालगञ्ज उपमहानगरपालिका उपाध्यक्ष ताराबहादुर खत्री, राष्ट्रिय जनमोर्चाका जगदिश ढकालले पाँच दलिय गठबन्धनका उम्मेदवारलाईलाई निर्वाचित गराउन प्रतिवद्ध रहेको बताउनु भयो ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *