१३ बैशाख २०८१, बिहीबार

विकास निर्माणका काममा ढिला सुस्ती नगर्न मन्त्री अथकको निर्देशन

विकास निर्माणका काममा ढिला सुस्ती नगर्न मन्त्री अथकको निर्देशन

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मंसिर २२ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले बिकास निर्माणका लागि आएको बजेट फ्रिज नगरी तिब्रताका साथ कार्यान्वयन गर्न निर्देशन दिनु भएको छ ।
बुधवार जिल्ला प्रशासन कार्यालय बाँकेको सभाहलमा जिल्लाका कार्यालय प्रमुखहरुलाई निर्देशन दिदै सबै बजेट तदारुकताका साथ कार्यन्वयन गर्न जोड दिनु भएको छ ।
बिकास निर्माणको अवस्था र आईपरेका समस्या र समाधानको उपाय खोजी गर्ने उद्धेश्यले आयोजना गरिएको बैठकमा मन्त्री अथकले बिकास निर्माणको ठेक्का लिएका निर्माण कम्पनीहरुले ठेक्का पाई सकेपछी काम नगर्ने र ढिलासुस्ती गर्ने प्रचलनले बिकासको गति पछि धकेलिएकोले त्यसमा कडाई गर्न सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिनुभयो ।
करिब एक दर्जन बढि कार्यालय प्रमुखहरुको उपस्थिति रहेको बैठकमा मन्त्री अथकले कुनैपनि कार्यालयलाई काम गर्न समस्या भएको खण्डमा आफुले सहजीकरण गर्ने प्रतिबद्धता समेत जनाउदै तत्काल सबै बजेट कार्यान्वयनमा लैजानुपर्नेमा विशेष जोड दिनुभयो ।
मन्त्री अथकले काममा लापरवाही र ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीलाई सम्बन्धित कार्यालयले निरन्तर अनुगमन गरिरहने र जनतालाई पनि दवाब सृजना गर्न लगाउनुपर्ने आजको आवश्यकता रहेको उल्लेख गर्नुभयो । सिक्टा सिचाई आयोजना, हुलाकी सडक, बाँकेमा पुर्ण बिद्युतिकरण लगायत जिल्लाका विभिन्न स्थानमा निर्माण हुन लागेका सडक तथा पुल र बिकास निर्माणको कार्यान्वयनको अवस्थाका बारेमा सम्बन्धित कार्यालय प्रमुखरुसँग जानकारी लिनु भएको थियो ।
बैठकमा उपस्थित सम्पुर्ण कार्यालय प्रमुखहरुले समयमै काम सम्पन्न गर्ने प्रतिवद्दता जनाउनु भएको मन्त्रीका सहयोगी शिव सुनारले बताउनुभयो । यसअघि मंगलबार पनि कोहलपुर क्षेत्रका कार्यालय प्रमुखहरुसँग मन्त्री अथकले छलफल गरेर जनताका काममा ढिला सुस्ती नगर्न निर्देशन दिनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *