४ बैशाख २०८१, मंगलवार

शान्तिसुरक्षा र अपराध नियन्त्रण पहिलो प्राथमिकता–प्रहरी प्रमुख राठौर

शान्तिसुरक्षा र अपराध नियन्त्रण पहिलो प्राथमिकता–प्रहरी प्रमुख राठौर

सिराज खान
नेपालगञ्ज, पुस १५ । बाँकेको प्रहरी प्रमुखमा सरुवा भएर आउनु भएका एसपी सन्तोषसिंह राठौंरले जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रण आफ्नो पहिलो प्राथमिकता भएको बताउनु भएको छ ।
जिल्ला प्रहरी प्रमुखको कार्यभार सम्हालेपछि पत्रकारहरुसंग कुरा गर्दै प्रहरी प्रमुख राठौरले नागरिकलाई प्रत्यक्ष अनुभूति हुने गरि शान्ति सुरक्षा कायम गर्ने लक्ष्य रहेको बताउनुभयो ।
भारतसंग सीमाना जोडिएको जिल्ला भएकोले यो जिल्लामा प्रहरीलाई धेरै चुनौती रहेको जनाउँदै उहाँले प्राप्त प्रहरी जनशक्तिको सदुपयोग गरेर नागरिक समाजको सहयोग लिएर प्रहरीलाई परिचालन गरिने बताउनुभयो ।

पाँच लाख जनसंख्या रहेको जिल्लामा १२ सय प्रहरीको सहारामा शान्ति सुरक्षा लगायत सबै काम गर्नु पर्ने हुँदा ठुलो चुनौती रहेपनि आफुले राम्रो काम गर्ने हरसंभव प्रयास गर्ने उहाँले बताउनुभयो ।
पत्रकारहरुलाई वाच डगको भूमिका निर्वाह गर्न आग्रह गर्दै एसपी राठौरले प्रहरीले गरेको हरेक गलत कार्यको बारेमा सचेत पारिदिने कार्य गर्नुपर्ने बताउनुभयो ।
लागु औषधको सेवन र कारोबार, मानवबेचविखन, तस्करी, खुला सीमानाका कारण हुने अपराध र सडक दुर्घटनाहरु बाँकेका प्रमुख चुनौती भएको पनि उहाँले बताउनुभयो । आफु जिल्लामा कार्यरत रहँदासम्म इमान्दारिता पुर्वक काम गर्ने प्रतिवद्धता ब्यक्त गर्दै राठौरले शान्ति सुरक्षा कायम गर्ने क्रममा सबैसँग समन्वय र सहकार्य गर्ने बताउनुभयो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *