१९ मंसिर २०७९, सोमबार

शान्ति सुरक्षा र अपराध नियन्त्रण पहिलो प्राथमिकता हुनेछ–डीएसपी मल्ल

शान्ति सुरक्षा र अपराध नियन्त्रण पहिलो प्राथमिकता हुनेछ–डीएसपी मल्ल

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत २३ । ईलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यालय प्रमुखको रुपमा सरुवा भएर आउनु भएका डीएसपी ऐन बहादुर मल्लले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा विशेष ध्यान दिने बताउनु भएको छ । उहाँले शान्ति सुरक्षा र अपराध नियन्त्रण गरेर भयमुक्त समाज निर्माणको जिम्मेवारी प्रहरीको भएकोले सोही कामलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।
कोहलपुरमा पदभार ग्रहण गरेपछि बुधवार सो क्षेत्रका राजनितक दलका नेता, उद्योगी व्यवसायी, संघ संस्थाका प्रतिनिधी र स्थानीयहरुसँगको भेटघाट तथा परिचयात्मक कार्यक्रमका अवसरमा डीएसपी मल्लले शान्ति सुरक्षा र अपराध नियन्त्रण प्रहरीको पहिलो कर्तव्य भएको बताउनुभयो ।
उहाँले आफ्नो कार्यकालमा कोहलपुरका स्थानीयले अनुभुती गर्ने गरी प्रहरीले नागरिक सेवा प्रदान गर्ने र शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा कुनै कसर वाँकी नराख्ने समेत बताउनुभयो । कोहलपुर क्षेत्रमा समस्याको रुपमा देखापरेका चोरी डकैती, लुटपात, हत्या, लागुऔषध दुर्व्यसन जस्ता अपराधिक गतिविधि र सडक दुर्घटना नियन्त्रण गर्न विशेष योजना बनाइने मल्लले बताउनुभयो ।
उहाँले प्रहरीले एक्लै चाहेर पनि सबै कुरा नहुने हुँदा सबैको साथ र सहयोग पनि आवश्यक रहेकोले राजनितक दलका नेता, उद्योगी व्यवसायी, संघ संस्थाका प्रतिनिधी र स्थानीयहरुको सहयोग मिल्ने विश्वास रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय सदस्य नरेन्द्र न्यौपानेले समाजमा शाान्ति सुरक्षा कायम गर्ने क्रममा र अपराधिक गतिविधिहरु निरुत्साहीत गर्न कोहलपुर प्रहरीलाइ कुनै समस्याहरु परे पहल गर्न तयार रहेको जनाउनु भएको थियो । उहाँले कुनै पनि घटनाका नाममा प्रहरी अनुसन्धानका क्रममा नागरिकलाइ अनावश्यक दुःख दिन नहुने र अपराधी उम्कने र पिडिलले न्याय नपाउने खालका काममा प्रहरी सचेत हुदै घटना अनुसन्धानलाइ गंभिर रुपमा अगाडी बढाउनु पर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं १ का सभापती पोषण केसी, बलराम शर्मा, विरेन्द्र शाह, नेकपा एमालेका नगर सभापती खिल प्रसाद भुषाल, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्षमण राज पौडेल लाएतका नेताहरुले कोहलपुर क्षेत्रमा देखिने गरि र स्थानीयहरुले शाान्ति सुरक्षाको प्रत्याभुती पाउने गरी काम गर्न प्रहरीसंग आग्रह गर्नु भएको थियो ।
डीएसपी मल्ल केही समय अघि मात्रै कोहलपुरस्थित जिल्ला टराफिक कार्यालयमा प्रमुखको रुपमा रहनु भएको थियो । तर उहाँको डीएसपीमा बढुवा भएपछि सरुवा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *