नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, साउन ९ । जानकी गाउँपालिका वडा नम्बर ५ को आयोजनामा सामुदायिक विद्यालयका २५ जना छात्रालाई साइकल वितरण गरिएको छ । विद्यालय शिक्षामा छात्राहरुको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीहरुलाई आकर्षित गर्न साइकल वितरण गरिएको वडा नम्बर ५ ले जनाएको छ।
वडा कार्यालय बेलहरीले एक समारोहबीच वडा परिसरमै छात्राहरुलाई साइकल हस्तान्तरण गर्दै गाउँपालिका प्रमुख छब्बन खाँले उच्च शिक्षासम्म पुग्ने शुभकामना दिनुभयो । कार्यक्रमका प्रमुख अतिथी रहनु भएका गाउँपालिका प्रमुख खाँले विद्यालय शिक्षामा छात्राको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीलाई साइकल हस्तान्तरण गरिएको बताउनु भयो । उहाँले घर भन्दा दुरीमा विद्यालय पर्ने कक्षा ९ मा अध्ययनरत छात्राहरुलाई प्राथमिकतामा राखेर साइकल वितरण गरिएको बताउनुभयो । वितरण कार्यक्रमका सभापति वडा नम्बर ५ का वडा अध्यक्ष टिकानाथ यादवले विद्यालय टाढा हुँदा भौतिक तथा समाजिक बाधाको कारण पढाई नै छाड्नुपर्ने अवस्थालाई ध्यानमा राखेर यो अभियान थालिएको बताउनुभयो ।
साइकल पाएपछि सो वडाका छात्राहरु निकै खुसी भएका थिए । श्री जानकी माध्यमिक विद्यालय खजुराखुर्दमा कक्षा ९ मा अध्ययनरत छात्रा आशा तेलीले वडा कार्यालयले आफूलाई साइकल दिँदा निकै खुसी लागेको बताउँदै अब विद्यालय जान आउन सजिलो हुने र यसले गर्दा पढाईमा पनि निरन्तरता दिन सहज हुने प्रतिक्रिया दिइन् ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रामप्यारी यादव, जिल्ला समन्वय समिती सद्स्य जुल्फिकार मनिहार, नेपाली काँग्रेस लुम्बिनी प्रदेश सद्स्य राजु यादव, परामर्शदाता सोहराब इद्रीसी, महिला वडा सदस्य कान्ति काँदु, निर्मला हरिजन, वडा सदस्य मोहम्मद सरिफ खाँ, नेता कार्यकर्ता लगायत करीब ५० जनाको सहभागिता रहेको वडा सचिव अन्जु लामाले जानकारी दिनु भयो ।
Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 5453
Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 5453