८ बैशाख २०८१, शनिबार

श्रृंगार पसलमा रहस्यमय आगलागि, १८ लाख भन्दा बढीको क्षति

श्रृंगार पसलमा रहस्यमय आगलागि, १८ लाख भन्दा बढीको क्षति

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २३ कात्तिक २३ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको एक श्रृंगार पसलमा रहस्यमय तरिकाले आगलागि हुँदा १८ लाख भन्दा बढीको क्षति भएको छ ।
वडा नम्बर ३ एकलैनी बजारको शिव मन्दिर नजिकै रहेको हारुन श्रृंगार पसलमा आइतवार विहान ५ बजे लागेको आगोबाट सोही पसलका चारवटा सटरमा आगलागि हुँदा कास्मेटिक र चुराहरु गरेर सबै जलेर खरानी भएको छ ।
आगो लागेको खबर पुग्ने वित्तिकै दमकल, प्रहरी र स्थानीयले घट्नास्थलमा पुगेर आगो निभाएका थिए ।
चारवटा सटरमा रहेका सबै सामान जलेर खरानी हुँदा १८ लाख भन्दा बढीको क्षति हुन पुगेको हारुन श्रृंगार पसलका सञ्चालक हारुन हलवाईले बताउनुभयो ।

उहाँले बिद्युतबाट आगलागि हुने डरले पसल बन्द गर्ने बेलामा सधैं विद्युतको एमसीबी बन्द गरेर जाने गरेकोमा आफ्नो पसलमा सर्ट सर्किट नभई कसैले आगो लगाएको आशंका व्यक्त गर्नु भएको छ ।
यसअघि पनि केही दिन पहिले कुनै अज्ञात व्यक्तिले उहाँको पसलमा पेट्रोलले भिजाएको कपडा सटरबाट भित्र हालेको अवस्थामा पाईएको उहाँको भनाई छ ।
आगलागिको सो घट्ना रहस्यमय रहेकोले सो बारे अनुसन्धान गर्न प्रहरीलाई उक्त क्षेत्रका व्यवसायीले दवाव दिएका छन् ।
सो घट्ना बारे अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाउन नेपालगञ्ज उद्योग बाणिज्य संघले पनि आग्रह गरेको छ ।
तिहारको बेला नेपालगञ्ज २ घरबारी टोलमा रहेको हिमानी शु सेन्टरमा पनि आगलागि भएको थियो । सो आगलागिबाट एक लाख रुपियाँको क्षति भएको शु सेन्टरकी सञ्चालक गिता घिमिरेले बताउनुभयो ।
यसैगरि नेपालगञ्ज १ धम्बोझी शिवमन्दिर नजिकको चन्दा काँदुको घरमा पनि आगो लाग्दा करिब ५ लाख रपियाँको क्षति भएको काँदुले बताउनु भएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *