नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस ५ । संयुक्त विद्यार्थी संगठनले सोमवार नेपालगञ्जको यातायात व्यवस्था कार्यालयमा विद्यार्थिहरुको माग पुरा गराउन धर्ना दिएर विरोध प्रदर्शन गरेको छ ।
यातायात कार्यालय नेपालगञ्जबाट प्रदान गरिने सेवा सुविधामा सुधारको माग सहित विद्यार्थिलाई यातायातमा ४५ प्रतिशत छुटको व्यवस्था गर्न माग गर्दै नेपालगञ्ज यातायात व्यवस्था कार्यालयमा विरोध प्रदर्शन तथा धर्नाको आयोजना गरिएको हो ।
यातायात ब्यबसायीले विद्यार्थीलाई ४५ प्रतिशत छुट, जेष्ठ नागरिक तथा अपांगता भएका नागरिकलाई ५० प्रतिशत छुटका साथै यातायात ब्यबस्था कार्यालयवाट प्रदान गरिने सेवा सुविधा हुनुपर्ने माग राख्दै सो विरोध प्रदर्शन तथा धर्ना आयोजना गरिएको थियो ।
सार्वजनिक यातायातका साधनमा नेपाल सरकारले विद्यार्थीलाई सहुलियत र जेष्ठ नागरिक तथा अपांगता भएका नागरिकलाई छुट दिने ब्यबस्था गरेको भएपनि बाँकेका यातायात ब्यबसायिले छुट नदिएको भन्दै विद्यार्थि संगठनहरु विरोधमा उत्रीएका हुन ।
आफुहरुका माग तत्काल पुरा नभए कडा आन्दोलनमा उत्रीने संयुक्त विद्यार्थी संगठनले चेतावनी दिएको छ । एक घण्टाको बिरोध प्रदर्शनले यातायात ब्यबस्था कार्यालय बाँकेको काममा समेत बाधा पुगेको थियो ।
माग पुरा नभए आन्दोलनलाई थप कडा पार्दै लगिने समेत संयुक्त विद्यार्थी संगठनले जनाएको छ ।

