७ बैशाख २०८१, शुक्रबार

संविधान र गणतन्त्रको रक्षाका लागि माओवादीको जित अपरिहार्य

संविधान र गणतन्त्रको रक्षाका लागि माओवादीको जित अपरिहार्य

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, असोज ३ । नेकपा माओवादी केन्द्र नेपालगञ्ज उपमहानगरपालिका समितिले संविधान दिवसको अवसरमा सोमवार साँझ नेपालगञ्जको सहिद सेतुविक चौक र पार्टी कार्यालयमा दीप प्रज्ज्वलन गरेको छ । नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानपूर्ण संघर्ष, दश वर्षिय जनयुद्ध जनआन्दोलन फलस्वरुप जननिर्वाचित संविधानसभाले २०७२ असोज ३ गते नेपालको संविधान जारी गरेको स्मरण स्वरुप हामी आठौं संविधान दिवस मनाएको माओवादी केन्द्रका नगर अध्यक्ष रतन बहादुर शाहिले बताउनु भयो ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका लुम्बिनी प्रदेश सहसचिव युवा नेता अकल बहादुर बमले संविधानद्वारा प्रत्याभूत गरिएका नागरिक आकांक्षा पुरा गर्न माओवादी पार्टी प्रतिवद्ध रहेको बताउनु भयो । निकट भविष्यमा हुने प्रादेशिक र संघीय निर्वाचनमा संविधान मास्ने र विधिलाई समाप्त पार्ने शक्तिहरू नक्कली कुरा गरी जनतालाई दिग्भ्रमित पार्ने फेरी गाउ घर आउन सक्ने उहाँको भनाई थियो ।
माओवादीको जितले मात्रै संविधान र गणतन्त्रको रक्षा हुन सक्ने भएकोले अझै जनताले माओवादीलाई आफ्नो ऐजेण्डा पुरा गर्न निर्वाचनमा बहुमत दिलाउनु पर्ने नेता बमले बताउनुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका बाँके सचिव डिल्ली बराल , व्यवसायी नेता एंव नेपालगञ्ज उद्योग बाणिज्य संघका प्रवक्ता टंक धामी, कश्मिरा खातुन लगायतको सहभागीता रहेको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *