१५ चैत्र २०८०, बिहीबार

सर्वदलीय सहमति विना नेपालगञ्जमा कुनै शालिक स्थापना गर्न नपाइने सर्वदलीय बैठकको निर्णय

सर्वदलीय सहमति विना नेपालगञ्जमा कुनै शालिक स्थापना गर्न नपाइने सर्वदलीय बैठकको निर्णय

सेतु विकको शालिकको मर्मतसम्भार उपमहानगरले गर्ने
नेपालगञ्जपाटी समाचारदाता
नेपालगञ्ज, जेठ २० गते । नेपालगञ्ज उपमहानगरमा सर्वदलीय सहमति र निर्णय विना कुनै पनि शालिक स्थापना गर्न नपाउने र शान्ति सुरक्षा खलबलिने अन्य कुनै संवेदनशील कार्य समेत गर्न नपाउने निर्णय सर्वदलीय बैठकले गरेको छ ।
प्रशासनको अनुमति र दलहरुको सहमति विना एकलौटी रुपमा विगतको निर्णयसमेतलाई उलंघन गर्दै राप्रपाका कार्यकर्ताहरुले विहिबार नेपालगञ्जको धम्बोझी चोकमा राजा वीरेन्द्रको शालिक पुनस्थापना गर्दा भएको झडप र सेतु विकको शालिक तोडफोडपश्चात जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलिय बैठकले सो निर्णय गरेको हो ।
बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले सर्वदलिय बैठकमा भएको निर्णयको जानकारी दिदैँ भन्नुभयो–‘सर्वदलिय सहमति विना कुनै पनि शालिक निर्माण र पुनस्थापना नगर्ने निर्णय गरिएकोछ । राजा वीरेन्द्रको शालिक पुनस्थापनाका सम्बन्धमा समेत सोही निर्णय गरिएको हो ।’
उहाँले नेपालगञ्ज अतिनै संवेदनशील ठाउँ भएकोले यहाँ कुनैपनि महत्वपुर्ण निर्णय गर्दा शान्ति सुरक्षा खलबलिन नपाउने गरि मात्रै गर्नु पर्ने भएकोले शालिक स्थापना लगायत शान्ति खलबलिन सक्ने अन्य कुनै संवेदनशिल विषयमा निर्णय गर्दा सर्वदलीय सहमति गरेर मात्रै गर्ने निर्णय भएको बताउनुभयो ।


केहीले सो निर्णयलाई आफ्नो स्वार्थ पुरा गर्ने हिसाबले समेत प्रचार गरिएको पाईएको जनाउँदै निमित्त प्रमुख जिल्ला अधिकारी शर्माले सर्वदलीय सहमति विना राजा विरेन्द्र लगायत कसैको शालिक राख्न नदिइने प्रष्ट पार्नुभयो ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको सर्वदलिय बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओबादी केन्द्र, नेकपा समाजबादी, जसपा, लोसपा, जनमत तथा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट र उपमेयर कमरुद्दिन राईको सहभागिता रहेको थियो । सो बैठकमा राप्रपा भने उपस्थित भएन ।
यसअघि पनि राप्रपाका नेता तथा निवर्तमान मेयर धवल शमसेर राणाको कार्यकालमा नेपालगञ्ज उपमहानगरपालिकामा भएको सर्वदलिय बैठकले यस्ता संवेदनशील विषयमा कसैले पनि एकलौटीरुपमा अघि नबढ्ने भनेर निर्णय गरिएको थियो । तर, अहिले सो निर्णयको राप्रपाले नै उलंघन गरेको देखिएको छ ।
विहिबारकै सर्वदलीय बैठकमा सेतु विक चोकमा रहेको सहिद सेतु विकको शालिक तोडफोडको मर्मत सम्भार गर्ने कार्य उपमहानगरपालिकाले गर्ने निर्णय समेत गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।
सर्वदलीय बैठकले सो निर्णय गरेपछि अब नेपालगञ्जमा राजाका शालिक स्थापना गर्न खोज्ने बाटो बन्द भएको छ । राजाका शालिक राख्ने विषयमा सर्वदलीय सहमति बन्नै नसक्ने हुँदा सो बाटो बन्द भएको नेकपा माओवादी केन्द्र बाँकेका संयोजक डम्बर विक तुफानले बताउनुभयो ।
विभिन्न दलहरुले विहिबारको सो घट्नाको निन्दा र भत्र्सना गरेका छन् । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमाले र नेकपा एकिकृत समाजवादी पार्टीले विज्ञप्ती निकालेर सो घट्नाको विरोध गरेका छन् ।
राप्रपाले कसैलाई नसोधी, सरसल्लाहसमेत नगरी, उपमहानगरबाट निर्णय नै नगराई एकाएक राजा वीरेन्द्रको शालिक स्थापना गरेपछि प्रहरीले शालिक हटाएको थियो । प्रहरीले शालिक हटाएपछि आक्रोशित राप्रपाका कार्यकर्ताले प्रहरीमाथि आक्रमण गरेका थिए भने नजिकैको सेतु विक चोकमा रहेको सहिद सेतु विकको शालिक तोडफोड गरेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस हान्नुका साथै चार राउण्ड हवाइ फायरसमेत गरेको थियो । सो क्रममा ९ जना प्रहरी घाईते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको थियो ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *