१५ बैशाख २०८१, शनिबार

सशस्त्र प्रहरीको उपचारमा पनि नेपालगञ्ज मेडिकल कलेजले सहुलियत प्रदान गर्ने

सशस्त्र प्रहरीको उपचारमा पनि नेपालगञ्ज मेडिकल कलेजले सहुलियत प्रदान गर्ने

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, असार २४ । नेपालगञ्ज मेडिकल कलेज र सशस्त्र प्रहरी अस्पताल विच सहुलियतमा सशस्त्र प्रहरीको उपचार गर्ने सम्झौता शुक्रवार सम्पन्न भएको छ । सो सम्झौता सशस्त्र प्रहरी बल महिला संघको समन्वयमा भएको हो ।
सशस्त्र प्रहरी अस्पतालले रिफर गरेका बहालवाला सशस्त्र प्रहरी, पुर्व सशस्त्र प्रहरी र उनको परिवारको सदस्यको उपचार नेपालगञ्ज मेडिकल कलेजको नेपालगञ्ज र कोहलपुरस्थित शिक्षण अस्पतालमा सहुलियतमा गर्ने गरि सम्झौता भएको मेडिकल कलेजको नेपालगञ्ज शिक्षण अस्पतालका सह निर्देशक डा. रोमन किदवाईले बताउनुभयो ।
उहाँले सशस्त्र प्रहरी अस्पताल नौबस्ताबाट रिफर भएर आएका सशस्त्र प्रहरी, पुर्व सशस्त्र प्रहरी र उनका परिवारलाई उपचारमा सहुलियत दिने गरि दुबै संस्थाविच सम्झौता भएको बताउनुभयो ।
यो सम्झौताले यस क्षेत्रमा कार्यरत सशस्त्र प्रहरीको उपचारमा सहजता हुनुका साथै उनिहरुको आर्थिक अवस्था हेरेर सहुलियतसमेत प्रदान गरिने सशस्त्र प्रहरी अस्पतालका प्रहरी उपरीक्षक डा सौजन्य कर्माचार्यले बताउनुभयो । उहाँले यो सम्झौताबाट बहालवाला सशस्त्र प्रहरी, पुर्व प्रहरी र उनका परिवारले ठुलो लाभ पाउने पनि बताउनुभयो ।

उक्त सम्झौता साउन १ गतेदेखि लागु हुने र हालका लागि एक वर्षसम्मका लागि मात्रै गरिएको प्रहरी उपरिक्षक डा. कर्माचार्यले बताउनुभयो ।
उक्त सम्भौतामा मेडिकल कलेजको तर्फबाट लर्डबुद्ध एजुकेशनल एकेडेमी शिक्षण अस्पताल नेपालगञ्जका प्रमुख कार्यकारी अधिकृत डा सुनिलकुमार सिंह र सशस्त्र प्रहरी अस्पतालको तर्फबाट डीआइजी डा. रुपक महर्जनले हस्ताक्षर गर्नुभएको छ ।
सो सम्झौतापत्र सशस्त्र प्रहरी अस्पतालका प्रहरी उपरिक्षक डा.कर्माचार्य र लर्डबुद्ध एजुकेशनल एकेडेमी शिक्षण अस्पताल नेपालगञ्जका प्रमुख कार्यकारी अधिकृत डा सिंहले शुक्रवार यहाँ एक अर्कालाई हस्तान्तरण गर्नुभएको थियो ।
बाँकेको नौबस्तामा सशस्त्र प्रहरीको १५ बेडको अस्पताल सञ्चालनमा रहेको छ । यसअघि केही दिन पहिले मात्रै सोही प्रकारको सम्झौता नेपाल प्रहरीको मध्यपश्चिम क्षेत्रीय अस्पताल र मेडिकल कलेजविच भएको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
0
+1
1
+1
1
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *