१४ बैशाख २०८१, शुक्रबार

सात विधेयक पारित गर्दै डुडुवाको दसौं गाउँसभा सम्पन्न

सात विधेयक पारित गर्दै डुडुवाको दसौं गाउँसभा सम्पन्न

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ८ पुस । सातवटा विधेयक पारित गर्दै डुडुवा गाउँपालिकाको दशौं गाउँसभा सम्पन्न भएको छ । विहीबार बसेको सभाले डुडुवा गाउँपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाई विधेयक २०७८, संस्था दर्ता विधेयक २०७८, डुडुवा गाउँपालिकाको स्थानीय पूर्वाधार व्यवस्थापन विधेयक २०७८, डुडुवा गाउँपालिकाको सार्वजनिक, निजी तथा अन्तर सरकारी साझेदारी विधेयक २०७८, डुडुवा गाउँपालिकाको स्थानीय सडक विधेयक २०७८ र डुडुवा गाउँपालिकाको नगर प्रहरी विधेयक २०७८, गाउँपािलकाको तथ्यांक संकलन तथा अभिलेख व्यवस्थापन विधेयक २०७८ गरी सात वटा विधेयक र डुडुवा गाउँपालिकाको स्वास्थ्य नीति २०७८ पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताउनुभयो ।
उहाँका अनुसार सभामा विधेयक समितिका संयोजक लिलावती यादवले प्रस्तुत गरेका सबै विधेयक सर्बसम्मत रुपमा पारित गरिएको हो । गाउँसभामा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले हालसम्मको प्रगति प्रतिबेदन र संशोधित बजेट प्रस्तुत गर्नु भएको थियो ।

उहाँले डुडुवा गाउँपालिकाले अहिले जिल्लास्तरमै नमूनाको रुपमा काम गर्न सफल भएको बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य क्षेत्रमा सबभन्दा बढी अंक ल्याएर जिल्लामै पहिलो, विभिन्न निति निर्णय र प्रक्रियामा गरिएको काम अन्तर्गत् स्वमूल्यांकनमा पनि जिल्लामा पहिलो, घरघरमा पशु उपचार सेवामा देशकै पहिलो स्थानीय तह र बाँके जिल्लामै सबभन्दा कम बेरुजु डुडुवामा रहेको छ ।
गाउँपालिकाले मुख्य लक्ष्य लिएर शुरु गरेको विभिन्न नमूना योजनाहरु सफल भएको अध्यक्ष चौधरीले बताउनुभयो ।
गाउँसभाले गाउँपालिकाको चालू आर्थिक वर्ष २०७८–०७९ को बजेटमा संशोधन पनि गरेको छ । चालू आर्थिक वर्षको बजेटका केही कार्यक्रमहरुको बजेट कटौती र केही कार्यक्रमहरुमा रकम थप गर्ने गरी गरिएको बजेट संशोधन पारित गरिएको थियो ।
गाउँपालिकाले गरेको जेष्ठ नागरिकसंग गाउँपालिका अध्यक्ष कार्यक्रम, जेष्ठ नागरिक उपचार सेवा, जेष्ठ नागरिकलाई समाजिक सुरक्षा भत्ता वितरण, घरघरमा घटना दर्ता अभियान जस्ता कार्यक्रम प्रभावकारी देखिएको छ ।
उक्त अवसरमा गाउँपालिकामा कार्यरत उत्कृष्ट कर्मचारीहरुलाई कदरपत्रले सम्मान समेत गरिएको थियो ।
सो गाउँसभामा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु, वडा सदस्य, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *