१३ बैशाख २०८१, बिहीबार

स्काभेटरमा आगजनी गर्नेमाथि कारवाही नगरिए आन्दोलन गर्ने तरुणदलको चेतावनी

स्काभेटरमा आगजनी गर्नेमाथि कारवाही नगरिए आन्दोलन गर्ने तरुणदलको चेतावनी

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २१ । अज्ञात सुमुहद्धारा राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मसुरी बगर लामाचौरमा पार्किङ गरि राखिएको भे १ प ११११ नम्बरको स्काभेटरमा माघ १९ गते राति करिव पौने १० बजे आगजनी गरेको घटनाको निष्पक्ष छानविन गरेर दोषीलाई कारवाही नगरिए आन्दोलन गर्ने चेतावनी नेपाल तरुण दल क्षेत्र नंः १ बाँके र नेपाल तरुण दल कोहलपुर नगरले दिएको छ ।
एक प्रेस विज्ञप्ती मार्फत तरुण दलका दुबै ईकाईले घट्नाको भत्र्सना गर्दै तत्काल दोषीको खोजी गरेर पत्ता लगाई कारवाही गर्न माग गरेको हो ।
नेपाल तरुण दल क्षेत्र नंः १ बाँके सभापति दिग्विजय जंग राणा र नेपाल तरुण दल कोहलपुर नगर सभापति हरी कठायतद्धारा हस्ताक्षयर गरेको विज्ञप्तीमा कसैले झण्डा गाडेको भरमा आफ्नो निजी सम्पत्ति उपयोग गर्न नपाउनु र अझ आफ्नै सम्पत्तिमा आगजनी गरिनु तथा एक निर्माण व्यवसायीको संरक्षण नहुनु दुःखद पक्ष हो भन्दै यस्ता अवाञ्छित क्रियाकलापको निन्दा गर्दै सो घटनाप्रती प्रशासनले सुक्ष्म तवरबाट अनुसन्धान गरी दोषि उपर कडा कारवाहीको माग गर्नु भएको छ ।
यदि प्रसाशनले यस घटनालाई तोडमोड गर्न खोजेको खण्डमा नेपाल तरुण दल आन्दोलित हुनेसमेत विज्ञप्ती मार्फत चेतावनी दिईएको छ । स्काभेटरका संचालक नेपाल तरुण दल कोहलपुर नगर उप सभापति समेत रहनु भएको छ । आगलागिबाट स्काभेटरमा ठुलो क्षति पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *