८ बैशाख २०८१, शनिबार

स्थानीय परियोजना परामर्श बैठक तथा सामाजिक परिक्षण सम्पन्न

स्थानीय परियोजना परामर्श बैठक तथा सामाजिक परिक्षण सम्पन्न

समाचारदाता
नेपालगञ्ज, पुस १४ । नेपालगञ्जमा विहिबार ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ बाँकेको स्थानीय परियोजना परामर्श बैठक तथा सामाजिक परिक्षण सम्पन्न गरिएको छ ।
जिआइजेड एवम् एमडिएम फ्रान्सको सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) ले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र खजुरा गाउँपालिकामा सो परियोजना सञ्चालन गरिरहेको छ ।
सो परियोजनाले सरसफाईकर्मी र कृषकहरुको क्षमता विकास तथा सचेतना अभिबृद्धि गनुैका साथै फोहर व्यवस्थापन तथा विषादी प्रयोग गर्दा हुने हानीबाट उनिहरुको पेशागत तथा स्वास्थ्य सुरक्षालाई प्रमुख उद्देश्य बनाएको छ ।
बैठकमा सहभागि अधिकांश सम्बन्धितहरुले परियोजनाले गर्दा सरसफाईकर्मी, कबाड व्यवसायमा संलग्न र किसानको व्यक्तिगत सुरक्षामा विशेष ध्यान दिएकोमा आभार व्यक्त गरेका थिए ।
कबाड व्यवसायी संघ बाँकेका अध्यक्ष मोहम्मद उमर हलवाईले परियोजनाले गर्दा आफुहरुको संस्था दर्ता, सञ्चालन र क्षमता विस्तारसंगै कबाड संकलनमा संलग्नहरुको व्यक्तिगत सुरक्षा भैरहेको बताउनुभयो ।
यस्तै बाल्मिकी समाज बाँकेका अध्यक्ष जगदिश बाल्मिकीले सरसफाईमा संलग्न आफ्नो समाजका व्यक्तिहरुको व्यक्तिगत सुरक्षासंगै संस्था दर्ता, सञ्चालन र क्षमता समेत विस्तारमा परियोजनाले ठुलो सहयोग गरेको बताउनुभयो ।


सो अवसरमा बोल्ने अधिकांश सरोकारवालाले परियोजनाले सानो समयमा सम्बन्धित सबैमा एउटा ठुलो विश्वास र आशा जगाउन सफल भएको बताएका थिए ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरका उपमेयर कमरुद्दीन राईले परियोजनाले सानो समयमा प्राप्त गरेका उपलब्धीबाट उपमहानगर उत्साहित भएको बताउनुभयो । उहाँले सरसफाईकर्मीको सुरक्षाका लागि उपमहानगर चिन्तित रहेकै बेला यो परियोजना शुरु हुँदा ठुलो समस्या समाधान भएको बताउनुभयो ।
कार्यक्रममा परियोजना संयोजक इन्द्रजीत सुनारले परियोजनाका उद्देश्य, हालसम्म प्राप्त उपलब्धि र भावी कार्ययोजनाका बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो ।
बी–ग्रुपका अध्यक्ष टेकबहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको स्थानीय परियोजना परामर्श बैठक तथा सामाजिक परिक्षण कार्यक्रममा एमडिएम फ्रान्सका बसन्त थापा, गणेश कार्की तथा लाभग्राहीका तर्फबाट सरससफाईकर्मी तिलबहादुर राना, कृषक मेघराज खत्री लगायतले धारणा राख्नु भएको थियो ।
त्यसक्रममा बी–ग्रुपका कार्यकारी निर्देशक डम्मर सुनारले संस्थाका बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजाल, वातावरण तथा विपत समिति संयोजक समिरप्रताप सिंह, वातावरण इन्जिनियर प्रकाश डिसी, डडुवा र खजुरा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र पत्रकार लगायतको उपस्थिती रहेको थियो ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *