१६ चैत्र २०८०, शुक्रबार

हज यात्राको शुल्क हामीले होइन, साउदी सरकारले बढाएको हो–अध्यक्ष शमसेर मियाँ

हज यात्राको शुल्क हामीले होइन, साउदी सरकारले बढाएको हो–अध्यक्ष शमसेर मियाँ

सिराज खान
नेपालगञ्ज, जेठ २१ । साउदी अरब सरकारले नेपाली हज यात्रीहरुका लागि निर्धारण गरेको शुल्क अनुसार नै हज शुल्क तोकिएको जनाउँदै नेपाल हज समितिले त्यसमा समितिले कुनैपनि प्रकारको अनियमितता र अनावश्यक शुल्क बृद्धि नगरेको प्रष्ट पारेको छ । नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले नेपालगञ्जपाटी डटकमसंग कुरा गर्दै यस वर्ष हज शुल्क बृद्धि भएको विषयलाई लिएर विभिन्न प्रकारका अनर्गल प्रचार र अनावश्यक कुराहरु गरिएको जनाउँदे साउदी अरब सरकारको निर्णय अनुसार नै यस वर्षको हज यात्राका लागि शुल्क वृद्धि गर्नु परेको बताउनु भएको छ ।
उहाँले हज समितिले रहरले नभई बाध्य भएर साउदी अरब सरकारले निर्धारण गरे अनुसार नै हजयात्राका लागि शुल्क निर्धारण गर्नु परेको र सो गर्दा नेपालमा यस वर्ष विगतका वर्षहरु भन्दा हज यात्रा महंगो परेको जनाउनुभयो । समितिले शुल्क वृद्धि गरेर अनियमितता गरेको भन्दै आलोचना गर्नु भन्दा साउदी सरकारले तोकेको शुल्कका बारेमा जानकारी लिई वास्तविकता बुझ्न अध्यक्ष मियाले सबै नेपाली मुस्लिमहरुसंग आग्रह गर्नुभयो । शुल्क वृद्धि हुनुमा आफूहरुको कुनै दोष नरहेको दावी गर्दै उहाँले यो सबै साउदी सरकारले तोकेको शुल्कका कारण भएको बताउनुभयो ।


यस वर्ष एक जना हजयात्रीका लागि चार लाख ६३ हजार ३९३ रुपैयाँ शुल्क तोकिएको छ । यसअघि सन् २०१९ मा यो शुल्क दुई लाख २९ हजार ७३१ रुपैयाँ थियो । विगतभन्दा यस वर्ष शुल्क रकम वृद्धि भएको यथार्थ नै हो । तर,शुल्क रकम वृद्धि हुनुको मुख्य कारण साउदी अरव सरकारले निर्धारण गरेको शुल्क रकममा आएको वृद्धि नै हो, हामी होइनौ’ अध्यक्ष मियाले भन्नुभयो ।
मुसलमान समुदायको पवित्र तीर्थस्थल साउदी अरबको मक्का मदिनामा हज गर्न जाने तीर्थयात्रीका लागि नेपाल हज समितिले सहभागी छनोट गर्ने, शुल्क निर्धारण गर्ने र साउदी अरबमा हज गराउने प्रबन्ध गर्दै आएको छ ।
समितिले छनौट भएका हजयात्रीहरुलाई तोकिएको शुल्क यही जेठ २३ गते भित्र जम्मा गरिसक्न पनि सचेत गराएको छ । अध्यक्ष मियाँले यस वर्षको हजयात्रीलाई आगामी असार १५ गते भित्र मक्का पुर्‍याउने गरी तयारी भइरहेको पनि बताउनुभयो ।
आर्थिक अवस्था कमजोर भएका इस्लाम धर्मावलम्वीहरुले हजयात्रा गर्न कठिनाइ हुने भएकाले ५० प्रतिशत अनुदान उपलब्ध गराउन पनि साउदी सरकारसंग पहल भइरहेको हज समितिले जनाएको छ । यस वर्ष हज यात्राका लागि शुल्क बृद्धि भएपछि सो को देशभरिनै चर्को विरोध र आलोचना गरिएपनि त्यसका लागि समिति जिम्मेवार नरहेको दोहोरयाउँदै साउदी सरकारलेनै हरेक शुल्क बढाएकोले बाध्य भएर शुल्क बढाउनु परेको हज समितिले प्रष्ट पारेको छ ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *