१५ चैत्र २०८०, बिहीबार

हज व्यवस्थापनका सबै कार्य विद्युतीय सुचना प्रणालीमार्फत गरिने

हज व्यवस्थापनका सबै कार्य विद्युतीय सुचना प्रणालीमार्फत गरिने

सिराज खान
नेपालगञ्ज, कात्तिक १४ गते । मुस्लिम समुदायद्धारा सउदी अरबको मक्का मदिनामा हरेक वर्ष गरिने अनिवार्य धार्मिक कार्य हज को व्यवस्थापनका सम्पुर्ण प्रक्रियाहरुलाई विद्युतीय प्रणाली मार्फत गरिने भएको छ ।
सो का लागि केन्द्रिय नेपाल हज समितिले तयार गरेको ‘हज व्यवस्थापन सुचना प्रणाली’का बारेमा अहिले देशका विभिन्न जिल्लामा पुगेर सम्बन्धितलाई जानकारी गराउने कार्य गरिरहेको छ ।
सोही क्रममा नेपाल सरकारको गृहमन्त्रालय अन्तर्गतको नेपाल हज समितिको सचिवालयले आइतवार नेपालगञ्जमा एक दिने क्षमता विकास कार्यक्रमको आयोजना गर्यो ।
कार्यक्रममा बाँके, बर्दिया, सुर्खेत, कैलाली, कन्चनपुर, दांग र सल्यान जिल्लाका जिल्ला प्रशासन कार्यालय तथा ईलाका प्रशासन कार्यालयका फोकल पर्सन र कम्प्युटर अपरेटरको सहभागिता रहेको थियो ।

हजयात्रीको यात्रा व्यवस्थापनका सम्पुर्ण प्रक्रिया र कार्यलाई पुर्णत विद्युतीय प्रणाली मार्फत गर्न तयार पारिएको ‘हज व्यवस्थापन सुचना प्रणाली’का बारेमा कार्यक्रममा सहभागिहरुलाई प्रयोगात्मक जानकारी गराईएको नेपाल हज समितिका केन्द्रिय अध्यक्ष हाजी शमसेर मियाँले बताउनुभयो ।
उहाँले अबदेखि हज गर्न इच्छुक कुनै पनि नेपाली मुस्लिमले अनलाइन मार्फत आवेदन दिनसक्ने र छनौटमा परेको जानकारी पनि अनलाइनमार्फतनै पाउन सकिने बताउनुभयो ।
कार्यक्रमका सहभागिहरुलाई हज समितिका अध्यक्ष मियाँ तथा नेपाल हज समितिको सचिवालयका सदस्य सचिव कृष्ण पौडेल लगायतले जानकारी गराउनु भएको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

सो अवसरमा नेपाल हज समितिका केन्द्रिय सदस्यहरु मोहम्मद फाजिल, कल्पना मियाँ, बद्रुदुजा खाँ, मेराज अहमद र फजिर बक्सको पनि उपस्थिति रहेको थियो ।
‘हज व्यवस्थापन सुचना प्रणाली’का बारेमा देशका ४० वटा जिल्लाका सम्बन्धित सरोकारवालाहरुलाई जानकारी गराईने हज समितिको सचिवालयका सदस्य सचिव कृष्ण पौडेलले बताउनुभयो । ( गोरखापत्र अनलाइनबाट )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *