१६ चैत्र २०८०, शुक्रबार

‘हर्ट अट्याक’ बाट बच्न यी कुरामा अनिवार्य ध्यान दिनुपर्छ

‘हर्ट अट्याक’ बाट बच्न यी कुरामा अनिवार्य ध्यान दिनुपर्छ

नेपालगञ्ज, १४ कात्तिक । पछिल्ला दिनहरुमा कम उमेरका व्यक्तिहरुको मृत्युको कारण हृदयघात भएको पाइन्छ । विज्ञहरु यसको कारण पछिल्लो समय युवापुस्तामा देखिएका नराम्रा आदतहरु भएको बताउँछन् । तल उल्लेखित बानी समयमै नछाडे पछताउनुको विकल्प छैन । त्यसैले समयमै यी सबै बानी छोडौं ।
धुम्रपान र मद्यपान
आजभोलि १६ वर्ष देखिका किशोरकिशोरीहरु धुम्रपान र मद्यपानको नसामा लागि सकेका हुन्छन् । युवापुस्तामा देखिने यस्ता आदतले उनीहरु कार्डियोभास्कुलर रोगको शिकार हुन्छन् । यो समस्या मुटु सम्बन्धी रोगमध्ये गम्भीर समस्या हो । यो अन्य मुटुसम्बन्धी रोगको कारण बन्न सक्छन् । चिकित्सकका अनुसार जो युवा दिनमा १० वटा चुरोट पिउँछन् उसलाई हृदयघातको सम्भावना ५० प्रतिशत हुन्छ ।
जंक फुड
भोक मेटाउनका लागि स्वस्थकर खाना खानुको सट्टा पछिल्लो समय युवाहरु जंक फुडमा बढी ध्यान दिन्छन् । यसले क्यालोरीको मात्रा बढाउँछ । जसको सीधा असर मुटुमा पर्छ । गलत खानपानका कारण कोलेस्ट्रोल बढ्ने भएकाले मुटुको धड्कन तीव्र बनाउने काम गर्छ ।
कामको चाप
व्यस्त जीवनशैली पनि आजभोलिका पुस्ताको लागि रोगको कारण बन्दै गएको पाइन्छ । लगातार घन्टौं काम गर्दा यसको असर मुटुको धमनीमा पर्छ । जसको कारण युवावस्थामा नै हृदयघात हुन्छ ।
स्टेरोयडको असर
युवाहरुमा सेलिब्रेटीको असर धेरै पर्ने गर्छ । जसले गर्दा उनीहरु शरीरलाई सुगठित बनाउने बहानामा धेरैबेर वर्कआउट गरेर पसिना बगाउँछन् । जसको लागि न्युट्रिशन लिने सल्लाह दिने गरिन्छ । न्युट्रिशनको चक्करमा एम्बोलिक स्टेरोयड जस्ता चीज प्रयोग गर्दा मुटुरोग बढ्ने गर्छ ।
तनाव
विभिन्न प्रकारका कारणले मानसिक तनावमा रहने व्यक्तिमा एन्जाइटी डिसअर्डरको कारण स्ट्रेस हर्मोन कोर्टिसेल पनि बढ्छ । यसकारण हृदयरोगको सम्भावना धेरै हुन्छ ।
निन्द्रा
निन्द्रा र मुटुबीच गहिरो सम्बन्ध हुन्छ । चिकित्सकका अनुसार स्वस्थ रहनका लागि ७ देखि ८ घण्टा निदाउन आवश्यक छ । निन्द्रा पूरा नहुने २४ प्रतिशतलाई डिप्रेशनको समस्या हुन जान्छ । ( रातोपाटी डटकमबाट )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *