७ बैशाख २०८१, शुक्रबार

२३९ जना अनाधिकृत क्रियाशिल सदस्य थपिएको भन्दै बाँके काँग्रेस पार्टी कार्यालयमा तालाबन्दी

२३९ जना अनाधिकृत क्रियाशिल सदस्य थपिएको भन्दै बाँके काँग्रेस पार्टी कार्यालयमा तालाबन्दी

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २४ कात्तिक । नेपाली काँग्रेस बाँकेको निर्वाचन प्रक्रिया शुरु गरिए लगत्तै सो पार्टीको जिल्ला कार्यालयमा बुधवार असन्तुष्ट पक्षले ताला बन्दी गरेको छ । शुरुदेखिनै विवादमा रहेको निर्वाचन क्षेत्र नम्बर १ को क्रियाशील सदस्यता वितरणमा जालझेल गरिएको आरोप लगाउँदै असन्तुष्ट पक्षले पार्टी कार्यालयमा ताला लगाएको हो ।
सदस्यता नविकरणका नाममा २३९ जना अनाधिकृत पार्टी सदस्य थपिएकोले आफुहरुले बाध्य भएर तालाबन्दी गर्नु परेको काँग्रेसका युवा नेता पोषण केसीले बताउनुभयो ।
उहाँले ताला लगाउनुपर्ने कारण खुलाउँदै यही अवस्थामा निर्वाचन हुन नसक्ने प्रष्ट पार्दै यी सदस्यको छिनोफानो गरेरमात्रै निर्वाचन प्रक्रिया शुरु गर्नुपर्ने बताउनुभयो ।
काँग्रेस महाधिवेशन अन्तर्गत कात्तिक २७ गते बाँकेका ८१ वटै वडामा निर्वाचन गरिसक्नुपर्ने गरि निर्वाचन अधिकृत मंगलवारमात्रै नेपालगञ्ज आइपुगेका थिए । उनले नेपालगञ्ज पुगे लगत्तै निर्वाचन परिचालन समिति समेत गठन गरेर प्रक्रिया अगाडी बढाएका थिए । तर, बुधवार पार्टी कार्यालयमा गरिएको तालाबन्दीले निर्वाचन फेरी अन्यौलमा परेको छ ।
कात्तिक ३० गते गाउँपालिका र नगरपालिका तह, मंसिर ३ गते प्रदेश सभा, मंसिर ६ गते क्षेत्र तथा महाधिवेशन र महासमिति सदस्यको निर्वाचन र मंसिर १० गते जिल्ला तहको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *