१५ चैत्र २०८०, बिहीबार

अछामी सेवा समाज बाँकेद्धारा होली देउडा खेलको आयोजना

अछामी सेवा समाज बाँकेद्धारा होली देउडा खेलको आयोजना

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत ३ । भाषा, सांकृती र कलालाई जर्गेना गर्न अछामी सेवा समाज बाँकेले होली देउडा खेलको आयोजना गरेकोछ ।
नेपालगन्ज बसपार्क पिपल चौतारामा चैत ३ र ४ गते विहिबार र शुक्रवार विहान ११ बजे देखि अछामी सेवा समाज बाँकेद्धारा विभिन्न स्थानिय कलाकारको उपस्थितीमा होली देउडा खेलको आयोजना गरिएको शेर बहादुर बोहराले बताउनुभयो ।
सो आयोजित होली देउडा खेलमा सम्पुर्ण बाँकेमा बस्दै आउनु भएका सबै जातजाती धर्म संस्कृती र देउडा प्रेमीहरुलाई उपस्थितीका लागि हार्दिक अनुरोध समेत बोहराले गर्नुभयो ।
होली पर्वमा मनोरन्जन तथा मौलिक, भाषा,संस्कृती र कलालाई जर्गेना गर्न अछामी सेवा समाजले प्रत्येक वर्ष विविध कार्यक्रम गरेर होली मनाउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *