७ बैशाख २०८१, शुक्रबार

अटोमेटिक पेस्तोल र ९० गाम ब्राउनसुगरसहित खजुराबाट तीनजना पक्राउ

अटोमेटिक पेस्तोल र ९० गाम ब्राउनसुगरसहित खजुराबाट तीनजना पक्राउ

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २२ । लागु औषधको कारोबार नियन्त्रण गर्न कस्सिएर लागेको बाँके प्रहरीलाई आइतवार ठुलो सफलता प्राप्त भएको छ । बाँकेको खजुरा गाउँपालिका १ बहादुरपुरबाट प्रहरीले हतियारसहित लागु औषध कारोबारीलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेका अनुसार अटोमेटिक पेस्तोल र करिब ९० ग्राम ब्राउन सुगरसहित स्थानीय २५ वर्षका रबिन्द्र थापा, २७ वर्षका मनिष थापा र २८ वर्षको सुरेश मगरलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
डुडुवाबाट अमेरिकन अटोमेटिक पेस्तोल बरामद गरिएको एक साता नबित्दै फेरी खजुराबाट अटोमेटिक पेस्तोल बरामद हुनुले साना हतियार भित्रयाउने क्रम निकै बढेको संकेत गरेको छ । लागु औषध तस्करी र विभिन्न अपराध गर्ने उदेश्यले भारतबाट साना हतियार ल्याउने कार्य भैरहेको हुनसक्ने प्रहरीले जनाएको छ ।
डीएसपी न्यौपानेका अनुसार पक्राउ परेका रबिन्द्रको पुरानो घरमा बसेर उनिहरुले लागु औषध ब्राउन सुगर सेवन तथा कारोबार गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो । सोही सुचना बमोजिम घटनास्थल पुगेको प्रहरीले उनिहरुलाई पेसतोलसहित पक्राउ गरेको हो । करिब ९० ग्राम ब्राउन सुगर रबिन्द्रको साथबाट बरामद भएको प्रहरीले जनाएको छ ।
लागु औषध बरामद भएपछि प्रहरीले सो घरको खानतलासी गर्दा अटोमेटिक पेस्तोल समेत फेला पारेको जनाएइको छ । पक्राउ परेका तीनै जनालाई हिरासतमा राखेर थप अनुसन्धान शुरु गरिएको डीएसपी न्यौपानेले बताउनुभयो ।
केही समययता बाँकेमा साना हतियार बरामद हुने क्रम बढेकोले अपराधिक कार्य गर्नेहरुको सक्रियता बढेको पाईएको छ । तर, प्रहरी समेत निकै सतर्क र सक्रिय रहेकोले दैनिकजसो तस्कर र तस्करीका सामानसंगै लागु औषधपनि बरामद हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *