१६ चैत्र २०८०, शुक्रबार

अटोमेटिक पेस्तोल र ९ थान गोलीसहित ३ जना राप्ती पुलबाट पक्राउ

अटोमेटिक पेस्तोल र ९ थान गोलीसहित ३ जना राप्ती पुलबाट पक्राउ

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन १८ । विभिन्न गैर कानुनी कार्यहरु नियन्त्रण गर्न कस्सिएको बाँके प्रहरीलाई मंगलवार राती ठुलो सफलता हात लागेको छ । प्रहरीले बाँकेको डुडुवा सिधनियाघटस्थित राप्ती पुलबाट एक थान अटोमेटिक पेस्तोल, ९ थान गोली र खुँडासहित कारमा रहेका तीन जनालाई पक्राउ गर्न सफल भएको जनाएको छ ।
प्रहरीले सो घट्ना बारे थप अनुसन्धान गरिरहेको र उनिहरु किन ? के कारणले यसरी हतियार बोकेर राप्ती पारी गैरहेको वा पारीबाट वारी आइरहेको भन्ने विषयमा छानविन गरिरहेको जनाएको छ ।
उनिहरुको परिचय भने हालसम्म प्रहरीले सार्वजनकि गरेको छैन । बुधवार पत्रकार सम्मेलन गरेर उनिहरुको परिचय सार्वजनिक गर्नुका साथै घट्ना बारे बिस्तृत जानकारी गराउने जिल्ला प्रहरी कार्यालय बाँकेका एक प्रहरी अधिकृतले बताए ।
त्यसका लागि साढे ११ बजे विहान जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकारहरुलाई आमन्त्रण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
2

Leave a Reply

Your email address will not be published. Required fields are marked *