१३ बैशाख २०८१, बिहीबार

अनेरास्ववियु लुम्बिनी प्रदेशको अध्यक्षमा टेकेन्द्र मल्ल

अनेरास्ववियु लुम्बिनी प्रदेशको अध्यक्षमा टेकेन्द्र मल्ल

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस ३ । नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववियुको प्रथम लुम्बिनी प्रदेश सम्मेलनले टेकेन्द्र मल्लको अध्यक्षतामा ४१ सदस्यीय प्रदेश कमिटि चयन गर्दै सम्मेलन सम्पन्न भएको छ ।
अनेरास्ववियु लुम्बिनी प्रदेशका नवनिर्वाचित अध्यक्ष मल्लले दिनु भएको जानकारी अनुसार कमिटिको उपाध्यक्षहरुमा छवि भट्टराई, बृद्धिराम यादव र मनु अधिकारी, सचिवमा दिपक अनुरागी, सहसचिवहरुमा उत्तम पोखरेल र अविरल भण्डारी तथा कोषाध्यक्षमा प्रताप घर्ति निर्वाचित हुनु भएको छ ।

४१ सदस्यीय कमिटिमा प्रदेशका सबै जिल्लाको उचित प्रतिनिधित्व गराईएको जनाउँदै अध्यक्ष मल्लले अब अनेरास्ववियुले प्रदेशका सबै जिल्लाका हरेक कलेज र विद्यालयमा आफ्नो शसक्त उपस्थिति जनाउने गरि काम गर्ने बताउनुभयो ।
यसअघि शुक्रवार अनेरास्ववियुको प्रथम लुम्बिनी प्रदेश सम्मेलनको उदघाटन नेकपा एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले गर्नु भएको थियो भने सो सम्मेलनमा पुर्व विद्यार्थि नेता तथा सहरी विकास मन्त्री राम कुमारी झाँक्री र अनेरास्ववियुका केन्द्रिय अध्यक्ष सुदेश पराजुली र महासचिव आरती लामा लगायतको सहभागिता रहेको थियो ।
सम्मेलनमा सहभागि हुने प्रदेशका सबै जिल्लाबाट ठुलो संख्यामा विद्यार्थिहरु आएको पनि प्रदेश अध्यक्ष मल्लले बताउनुभयो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *