८ बैशाख २०८१, शनिबार

अपराध र गैरकानुनी कार्य रोक्न लुम्बिनी प्रदेश सरकारले विशेष रणनिति र योजना बनाउँदै

अपराध र गैरकानुनी कार्य रोक्न लुम्बिनी प्रदेश सरकारले विशेष रणनिति र योजना बनाउँदै

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १५ कात्तिक । लुम्बिीनी प्रदेशको शान्ति सुरक्षा, अपराधजन्य घटना न्युनिकरण र चोरी तस्करी नियन्त्रणकाालागि सुरक्षा व्यवस्था कडा बनाइने भएको छ ।
बर्दियाबाट निर्वाचित प्रदेशसभा सदस्य तिलक शर्मा हिमाल प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रीमा नियुक्त भएलगत्तै प्रदेशको सुरक्षा व्यवस्था कडा पार्न विशेष रणनिति र योजना तयार पार्न उहाँले प्रदेश सुरक्षा समन्वय समीतिलाई निर्देशन दिनुभएको छ ।
उहाँले सो निर्देशन प्रदेश सुरक्षा समन्वय समीतिको वैठकमा दिनु भएको हो । मन्त्री शर्माको अध्यक्षतामा बसेको सो बैठकले प्रदेशको शान्ति सुरक्षा अपराध नियन्त्रण लागु औषध नियन्त्रण मानव वेच विखन र विपद वयस्थापनका विषयमा सुचना संकलन विश्लेषण तथा सम्प्रेषण सम्वन्धमा आपसी सहकार्य गरी थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।

समीतिले उक्त बैठकबाट आउदै गरेको तिहार, छठ लगायतका चाडपर्वको अवसरमा हुन सक्ने अपराध नियन्त्रण, विस्फोटक पदार्थ नियन्त्रण र नियमनलाई थप प्रभावकारी वनाउने निर्णय गरेको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको शाखा अधिकृत देवीराज पाठकले जानकारी दिनु भयो ।
उक्त बैठकले प्रदेशको शान्ति सुरक्षाको अवस्था वर्तमान घटना परिघटना तथा विगतका निर्णयहरुको कार्यान्वनका सम्वन्धमा विस्तृत रुपमा समीक्षा समेत गरेको थियो । वैठकमा प्रदेशको शान्ति सुरक्षाको अवस्था सन्तोष जनक रहेका सुरक्षा प्रमुखहरुले जानकारी गराएका थिए ।
लुम्बिीनी प्रदेशका अधिकांश जिल्लाहरुको सीमाना भारतसंग जोडिएकोले तस्करी, हातहतियार ओसार पसार, अपराधी घुसपैठ, लागु औषध ओसार पसार, मानवबेचविखन जस्ता घट्नाहरु अत्याधिक हुने गरेका छन् । ती घट्नाहरु नियन्त्रण गर्नुनै सुरक्षा निकायका लागि चुनौती बन्ने गरेको छ ।
खुला सीमानाका कारण हुने अपराधिक तथा गैर कानुनी गतिविधी निण्न्त्रण गर्न प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले विशेष रणनिति र योजना बनाउने मन्त्रालयले जनाएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *