८ बैशाख २०८१, शनिबार

आकासे पुल, पर्यटन क्षेत्र, विश्वविद्यालय र औद्योगिक विकास प्राथमिकतामा छन् –नन्दलाल वैश्य

आकासे पुल, पर्यटन क्षेत्र, विश्वविद्यालय र औद्योगिक विकास प्राथमिकतामा छन् –नन्दलाल वैश्य

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख २१ । नेपालगन्ज पश्चिम नेपालको एक ठूलो र ऐतिहासिक सहर हो । यहाँको विकासले सबै ठाउँमा असर गर्छ । यसका साथै यस सहरको आफ्नै विशेषता छ । यहाँ धार्मिक सदभावको उत्कृष्ट नमुना छ । यी कुरालाई ध्यानमा राखेर अब नेपालगन्जमा ठूला र रणनीतिक भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यको सेवाको स्तरोन्नति गर्ने हो ।
अब नेपालगन्जमा ठूला पार्क, राम्रा पाठशालाहरु, आकासे पुल, पर्यटन विकास, विश्वविद्यालय, औद्योगिक विकासलाई हामीले प्राथमिकता दिने हो । यसका साथै नेपालगन्जको सामाजिक र धार्मिक सदभावलाई बढावा दिने हो । यस सहरलाई विविध धार्मिक उत्सवहरुको सहरका रुपमा विकास गर्ने हो । यहाँको पर्यटन र व्यावसायिक विकासका लागि काम गर्ने हो ।
स्वास्थ्य सेवाको सुधार गर्ने हो । सबभन्दा दुःखको कुरा हाम्रा युवाहरु बेरोजगार छन् । उनीहरुको रोजीरोटीको ग्यारेन्टीका लागि काम गर्ने हो । रोजगारी सिर्जनाका लागि हामीले उद्योगको विकास गर्नुपर्ने छ ।
हामी भन्छौं, गरिबहरुको विकास भएन । उनीहरुको विकासका लागि रोजगारी पाउनुप¥यो नि । जब रोजगारी पाउँछ तब त उसको घरमा चुल्हो बल्छ । त्यस कारण अब हामी यतातिर ध्यान दिन्छौं । सानातिना छुटफुट बाटोहरुको विकास गर्छौं । सरसफाइलाई थप चुस्त बनाउँछौं । नेपालको विकासबाट पछाडि परेका क्षेत्रको विकासमा ध्यान दिनेछौं । पछाडि परेका विभिन्न समुदायहरुको विकासमा पनि ध्यान दिनेछौं । उनीहरुको आर्थिकस्थिति सुधारका लागि पनि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नेछौं ।


पर्यटनको विकासका लागि पनि काम गर्नुपर्नेछ । नेपालगन्ज दिल्ली–उडानको लागि पहल गर्नेछौं । विश्वविद्यालयका लागि पहल गर्नेछौं । भेरी हस्पिटललाई मेडिकल कलेजसको स्तरमा लैजान पहल गर्नेछौं । भेरी हस्पिटल मेडिकल कलेज भयो भने यसको सेवा आफैँ सुधार हुन्छ । नेपालगन्जमा अब ई–रिक्साको व्यवस्थापन, सहरी यातायात व्यवस्थापनमा पनि काम गर्नुपर्नेछ । नेपालगन्जको रिङरोड निर्माणको पहल पनि गर्नेछौं । त्यस कारण अब हामी दीर्घकालीन योजनाहरुलाई प्राथमिकताका साथ पूरा गर्ने योजनामा छौं ।
म सबै नेपालगन्जवासी मतदातालाई के आग्रह गर्न चाहन्छु भने, हामी तपाईंहरुको चाहनाअनुरुप नेपालगन्जलाई बनाउन आइरहेका छौं । हामी नेपालगन्जका सबै धार्मिक समुदायको एकता र सदभावका लागि काम गर्नेछौं । कसैलाई पनि भेदभाव हुन दिने छैनौं । नेपालगन्जलाई सुन्दर र विकसित सहर बनाउन काम गर्नेछौं । यसमा तपाईंहरुको साथ चाहिएको छ । तपाईंहरुको अमूल्य मत दिएर हामीलाई विजयी गराइदिनुहुनेछ भन्ने अनुरोध गर्न चाहन्छौं । ( वैश्यसंगको कुराकानीमा आधारित )


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *