१५ चैत्र २०८०, बिहीबार

ईलाका प्रशासन कार्यालय पुनस्र्थापनाको माग गर्दै धर्ना र हस्ताक्षर संकलन

ईलाका प्रशासन कार्यालय पुनस्र्थापनाको माग गर्दै धर्ना र हस्ताक्षर संकलन

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २२ । नरैनापुर गाउँपालिकामा ईलाका प्रशासन कार्यालय पुनस्र्थापनाको माग गर्दै धर्ना र हस्ताक्षर संकलन गरिएको छ ।
नरैनापुर गाऊँपालिका वडा नं ४ मा स्थापित इलाका प्रशासन कार्यालय नरैनापुर २०७२ सालमा असुरक्षाको कारण देखाई नेपालगञ्जमा सारिएपछि हालसम्म पुनस्र्थापना नगरिएकोले तत्काल पुनस्र्थापनाको माग गर्दै स्थानीयले धर्ना र हस्ताक्षर संकलन गरेका हुन् ।
नेकपा एमाले नरैनापुरको अगुवाईमा गाउँपालिकाको कार्यालय अगाडी आइतवार सयौं जना धर्नामा बसेका छन् भने दवाव दिन हस्ताक्षर संकलन समेत गरिरहेका छन् ।
बृद्ध बृद्धा, अपाँङ्गहरु नेपालगञ्ज आवत जावत गर्न नसक्ने कारणले नागरिकता बनाउन नसकी बृद्ध÷बिधवा÷अपाँङ्ग भत्ता लगायत राज्यबाट प्राप्त हुने सेवा सुबिधाबाट बञ्चित भएका छन् ।

नेकपा एमाले नरैनापुरका अध्यक्ष पंचराम यादवले सो माग गर्दै एक हजार भन्दा बढी सर्वसाधारणले हस्ताक्षर गरिसकेको र आइतवार विहान १० बजेदेखि बेलुका ५ बजेसम्म गाउँपालिका अगाडी धर्ना कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका केन्द्रिय सदस्यहर पशुपति दयाल मिश्र र सुर्य ढकालले सम्बोधन गर्दै तत्काल जनताका माग पुरा नगरिए आन्दोलन कडा पार्दै जाने चेतावनी दिनुभयो ।
यसअघि फागुन १० गते पनि नेकपा एमाले नरैनापुरले इलाका प्रशासन कार्यालय पुनस्थापनाको माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाएका थियो । तर, सो ज्ञापन पत्रमाथि कुनै ध्यान नदिईएको गुनासो अधिकांश नरैनापुरवासीको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *