८ बैशाख २०८१, शनिबार

उच्च सुरक्षा अधिकारीद्धारा नेपालगञ्जका मतदानस्थलहरुको स्थलगत अनुगमन

उच्च सुरक्षा अधिकारीद्धारा नेपालगञ्जका मतदानस्थलहरुको स्थलगत अनुगमन

सिराज खान
नेपालगञ्ज, बैशाख २१ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिंदै गर्दा बाँकेका सुरक्षा अधिकारीहरु मतदानस्थलहरुको सुरक्षा व्यवस्था मिलाउन सक्रिय छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका केही मतदानस्थलहरु अतिसंवेदनशिल रहेकोले ती मतदानस्थलको सुरक्षा कडा पार्न सुरक्षा अधिकारीहरुले उपमहानगरका मतदानस्थलहरुको स्थलगत निरिक्षण शुरु गर्नुभएको छ ।
निर्वाचनका लागि अब धेरै दिन नबचेकोले शान्तिपुर्ण मतदानको व्यवस्था मिलाउन मतदानस्थलको सुरक्षामा विशेष ध्यान दिईएकोले स्थलगत निरिक्षण शुरु गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले बताउनुभयो ।
उहाँले उपमहानगरका मतदानस्थलहरुको स्थलगत निरीक्षण शुरु गरिएको जनाउँदै त्यहाँ पुगेर लोकेसन हेर्दै सुरक्षा रणनिति तयार पार्ने कार्य गरिरहेको बताउनुभयो ।

निर्वाचनका बेला मतदानस्थलमा खटाउनु पर्ने सुरक्षाकर्मीको संख्या र भौतिक पूर्वाधारको अवस्था कस्तो छ भनेर स्थलगत रुपमा अनुगमन गरिरहेको प्रजिअ खत्रीले बताउनुभयो ।
स्थलगत अनुगमन टोलीमा रहनु भएका सशस्त्र प्रहरीको ३० नम्बर बागेश्वरी गणका प्रमुख एसपी जनक बस्नेतले उपमहानगरभित्रका सबै मतदानस्थलको स्थलगत निरिक्षण गरेर त्यहाँ मिलाउनु पर्ने आवश्यक बन्दोबस्त मिलाउने कार्य गरिरहेको बताउनुभयो ।
बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले निर्वाचन सुरक्षालाई लक्षित गरेर आफुहरुले फिल्डमा गएर अनुगमन गरिरहेको जनाउँदै सुरक्षा संवेदनशीलता र बनाउनु पर्ने योजनाका लागि पूर्व तयारी भैरहेको बताउनुभयो ।
उहाँले अति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदान केन्द्र निश्चित गरेर सोही अनुसार सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको बताउनुभयो ।
बाँकेमा १३६ मतदान स्थल र ३७९ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन कार्यालय बाँकेले जनाएको छ । जस अनुसार नेपालगञ्ज उपमहानगरमा ३४ मतदानस्थल र ९४ मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालयका प्रमुख रमा पन्तले बताउनुभयो । उपमहानगरमा ८१ ह्जार ७९४ मतदाता रहेको समेत उहाँले बताउनुभयो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *