४ बैशाख २०८१, मंगलवार

उपचारको क्रममा आमासहित जुम्ल्याहा शिशुको मृत्यु भएपछि भेरी अस्पतालमा आफन्तद्धारा बबाल

उपचारको क्रममा आमासहित जुम्ल्याहा शिशुको मृत्यु भएपछि भेरी अस्पतालमा आफन्तद्धारा बबाल

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, साउन ३१ । उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पताल पुगेकी गर्भवतीसहित जुम्ल्याहा शिशुको मृत्यु भएपछि उनका आफन्तले अस्पतालमा बबाल गरेका छन् । अस्पतालका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी २२ वर्षीया रजिया खातुन र उनका जुम्ल्याहा शिशुको उपचारकै क्रममा मृत्यु भएको हो ।
चिकित्सकले खातुनको पेट शल्यक्रिया गरेर जुम्ल्याहा बच्चा निकालेका थिए । शल्यक्रिया गरेको केहीबेरमै सोमबार दिउँसो ३ बजेतिर आमा र जुम्ल्याहा शिशुको मृत्यु भएको थियो।
३२ साताकी गर्भवती आमासँगै जुम्ल्याहा शिशुको पनि ज्यान जाँदा आफन्तजन उत्तेजित हुन पुगेका थिए । उनिहरुले निकै बेरसम्म अस्पतालका प्रमुख डा. बद्री चापागाईसहितका चिकित्सक र स्वास्थ्यकर्मीलाई घेराउ गरेर उपचारमा लापरवाही गर्ने चिकित्सक झिकाउन माग गरेका थिए । विरामीको उपचार फाइल पनि राम्ररी मेन्टेन नगरिएको पाईएकोले लापरवाही हदैसम्मको देखिएको वडा नम्बर ५ का वडा अध्यक्ष सराफत खानले बताउनुभयो । उहाँले अस्पताल प्रशासनले लापरवाही र बेवास्ता नभएको कुरालाई पुष्टि गर्न नसकेको बताउनुभयो ।
अस्पताल प्रशासनले कुरा नसुनेकोले मृतकका आफन्तहरुले जिल्ला प्रशासन र अदालतसम्म जाने चेतावनी दिएर फर्किएका थिए ।
उच्च रक्तचापले आत्तिएर अघिल्लो रात अस्पताल पुगेकी २२ वर्षीया महिलाको मृत्यु भएपछि शोकाकुल परिवार र आफन्त आक्रोशित भएका थिए। उनीहरुले चिकित्सकको लापरबाहीले उनको र शिशुको ज्यान गएको भन्दै छानबिनको माग गरेका हुन् ।
अस्पताल चिकित्सकले महिलाको पेटमा शल्यक्रिया गरेर जुम्ल्याहा शिशु निकालेका थिए । ‘केस सिरियस थियो । डाक्टरहरुबाट तीनै जनाको ज्यान जोगाउन हरसम्भव प्रयास गरेको देखिन्छ । लापरबाही पटक्कै भएको छैन,’ भेरी अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा बद्री चापागाईंले भन्नुभयो, ‘प्रयास गर्दा पनि ज्यान जोगाउन सकिएन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *